images
images

संघीय संसद्लाई सम्बोधन गर्दै गुटरेस, भने - जलवायु परिवर्तनविरुद्ध जुध्न सहयोग गर्नेछु

संघीय संसद्लाई सम्बोधन गर्दै गुटरेस, भने - जलवायु परिवर्तनविरुद्ध जुध्न सहयोग गर्नेछु

मंगलवार, कार्तिक १४ २०८०
मंगलवार, कार्तिक १४ २०८०
  • संघीय संसद्लाई सम्बोधन गर्दै गुटरेस, भने - जलवायु परिवर्तनविरुद्ध जुध्न सहयोग गर्नेछु

    काठमाडौँ / संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा महासचिव गुटरेसले नेपाललाई जलवायु परिवर्तनविरुद्ध जुध्न र नेपालको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

    images
    images

    आफुले नेपालबाट आफूले धरै कुरा सिकेर जान लागेको बताउँदै उनले आत्मिय स्वागतका लागि नेपाल सरकार र नेपाली जनतालाई धन्यवादसमेत दिए । साथै गुटरेसले नेपालले लैङ्गिक समानतामा हासिल गरेको प्रगतिको प्रशंसा गरे । उनले भने “हिमालयको मनोरम दृश्य, यहाँको न्यानो आतिथ्य, सांस्कृतिक विविधता मलाई सधैँ याद रहनेछ ।”

    विश्वमा तनाव बढिरहेको बेला यो भेट भइरहेको बताउँदै गरिबी निवारण र भोकमरी विरुद्ध गरिएको दशकौँ लामो संघर्षलाई उल्टाउने काम भइरहेकोप्रति महासचिव गटरेसले चिन्ता व्यक्त गरे । 

    साथै उनले इजरायल र हमासबिचको द्वन्द्वबाट नेपाल प्रभावित भएको भन्दै हमासको आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थीका परिवारहरूप्रति समवेदना प्रकट गरे ।

    आइतबार नेपाल भ्रमणमा आएका उनले पहिलो दिन राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री र विभिन्न राजनीतिक दलका नेताहरुसँग भेट गरेका थिए । दोस्रो दिन सोमबार सगरमाथा आधार शिविर र पोखरा गएका थिए । मंगलबार अन्नपूर्ण आधार शिविर र लुम्बिनीको कार्यक्रम सकेर काठमाडौँ आएका हुन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार