images
images

पहिलो त्रैमाससम्ममा निफ्राको नाफा ९.३० प्रतिशतले बढ्यो, अन्य सुचक कस्तो ?

पहिलो त्रैमाससम्ममा निफ्राको नाफा ९.३० प्रतिशतले बढ्यो, अन्य सुचक कस्तो ?

बिहिवार, कार्तिक १६ २०८०
बिहिवार, कार्तिक १६ २०८०
  • पहिलो त्रैमाससम्ममा निफ्राको नाफा ९.३० प्रतिशतले बढ्यो, अन्य सुचक कस्तो ?

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्म आइपुग्दा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को नाफा ९.३० प्रतिशतले बढेको छ । 

    images
    images
    images
    images

    बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधीसम्ममा बैंकले ४१ करोड ३८ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा ९.३० प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनीले ३७ करोड ८६ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

    पहिलो त्रैमाससम्ममा बैंकको नाफा संग–संगै खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै वृद्धि भएका  छ । यस अवधीसम्ममा बैंकको खुद ब्याज आम्दानी ६.९९ प्रतिशतले बढेर ७० करोड १५ लाख ४५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६५ करोड ५७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस्तै, सञ्चालन नाफा ९.२८ प्रतिशतले बढेर ५९ करोड ११ लाख ८९ हजार रुपैयाँ पुगेको छ ।

    त्यसैगरी, असोज मसान्तसम्म आइपुग्दा बैंकको कुल सञ्चालन आम्दानी ६.८४ प्रतिशत बढेर ७० करोड ६५ लाख रुपैयाँ पुगेको छ । यता, बैंकको नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६५ पैसा बढेर ७ रुपैयाँ ६६ पैसा पुगेको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ ११२ रुपेयाँ २ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २४.३६ गुणा रहेको छ।

    २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ५९ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप १०८.१३ प्रतिशत बढेको छ भने कर्जा ६.३१ प्रतिशत बढेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार