images
images

नबिल बैंकले पहिलो त्रैमासमा कमायो १ अर्ब ४६ करोड, प्रतिशेयर आम्दानी कति ?

नबिल बैंकले पहिलो त्रैमासमा कमायो १ अर्ब ४६ करोड, प्रतिशेयर आम्दानी कति ?

शुक्रवार, कार्तिक १७ २०८०
शुक्रवार, कार्तिक १७ २०८०
  • नबिल बैंकले पहिलो त्रैमासमा कमायो १ अर्ब ४६ करोड, प्रतिशेयर आम्दानी कति ?

    काठमाडौँ / नबिल बैंक लिमिटेडले चालु आर्थिक बर्ष २०८०/८१ को पहिलो त्रैमासमा १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक बर्षको तुलनामा ६.५१ प्रतिशत कम हो । गत आर्थिक बर्षको सोही अवधीमा बैंकको यस्तो नाफा १ अर्ब ५७ करोड १५ लाख रुपैयाँ थियो । 

    यसैगरी असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी १३.५१ प्रतिशतले बढेर ४ अर्ब १७ करोड ३९ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ६७ करोड ७१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 

    चालु आर्थिक बर्षमा बैंकको खुद ब्याज आम्दानी बढे पनि इम्पेरमेन्ट चार्ज बढेका कारण खुद नाफामा दबाव पुगेको हो । गत वर्ष सोही अवधिसम्ममा ९९ करोड ३४ लाख १३ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष बढेर १ अर्ब ११ करोड १६ लाख ६७ हजार रुपैयाँ पुगेको हो ।

    असोज मसान्तसम्ममा बैंकको खुद फि तथा कमिशन आम्दानी २०.२१ प्रतिशत बढेर ७५ करोड ५३ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १३।७० प्रतिशत बढेर ५ अर्ब ११ करोड ३५ लाख रुपैयाँ पुगेको छ भने, सञ्चालन मुनाफा ४.६८ प्रतिशत घटेर २ अर्ब १२ करोड ६१ लाख रुपैयाँ पुगेको छ । असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ६० करोड ९८ लाख रुपैयाँ रहेको छ । 

    समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ, जगेडा कोष ३.१२ प्रतिशत बढेर ३२ अर्ब रुपैयाँ, निक्षेप संकलन ४.५४ प्रतिशत बढेर ४ खर्ब १४ अर्ब ८५ करोड रुपैयाँ र कर्जा ६।२७ प्रतिशत बढेर ३ खर्ब ५३ अर्ब ५६ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ ।

    नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ २९ पैसा घटेर २१ रुपैयाँ ७२ पैसमा सीमित भएको छ । असान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २६.७२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१८ रुपैयाँ २७ पैसा रहेको छ । त्यस्तै, गत वर्ष २.३३ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ३.६९ प्रतिशत पुगेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार