images
images

खुद ब्याज आम्दानी घटे पनि बढ्यो माछापुच्छ्रे बैंकको नाफा, अन्य सूचक कस्तो ?

खुद ब्याज आम्दानी घटे पनि बढ्यो माछापुच्छ्रे बैंकको नाफा, अन्य सूचक कस्तो ?

शुक्रवार, कार्तिक १७ २०८०
शुक्रवार, कार्तिक १७ २०८०
  • खुद ब्याज आम्दानी घटे पनि बढ्यो माछापुच्छ्रे बैंकको नाफा, अन्य सूचक कस्तो ?

    काठमाडौँ / माच्छापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक बर्ष २०८०/८१ को पहिलो त्रैमाससम्ममा ५४ करोड २२ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

    images
    images

    यो गत आर्थिक बर्ष २०७९/८० को सोहि अवधीको तुलनामा २०.१८ प्रतिशतले बढी हो । गत आर्थिक बर्षमा बैंकको यस्तो नाफा ४५ करोड ११ लाख ८३ हजार रुपैयाँ रहेको थियो । 

    असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ३.९५ प्रतिशतले घटेर १ अर्ब ४१ करोड २२ लाख ३१ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक बर्ष बैंकको सोही अवधीमा बैंकको यस्तो आम्दानी १ अर्ब ४७ करोड ३ लाख ५१ हजार रुपैयाँ रहेको थियो । 

    पहिलो त्रैमाससम्ममा बैंकको खुद ब्याज आम्दानी घटे पनि बैंकको इम्पेरमेन्ट चार्ज घटेको कारण बैंकको खुद नाफा बढ्न पुगेको हो । गत वर्ष असोज मसान्तसम्ममा बैंकले २९ करोड ३० लाख ३७ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज बापत छुट्याएकोमा यो वर्ष १ करोड २२ लाख ८९ हजार रुपैयाँ छुट्याएको हो । 

    समीक्षा अवधीमा बैंकको खुद फि तथा कमिशन आम्दानी ४.४० प्रतिशत घटेर ३० करोड २५ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक बर्षमा बैंकको यस्तो आम्दानी ३१ करोड ६४ लाख ५६ हजार रुपैयाँ रहेको थियो ।

    यस्तै, कुल सञ्चालन आम्दानी ४.७४ प्रतिशत घटेर १ अर्ब ८० करोड २२ लाख रुपैयाँ, सञ्चालन मुनाफा २१.६५ प्रतिशत बढेर ७८ करोड ३५ लाख रुपैयाँ पुगेको छ । असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ करोड ८५ लाख रुपैयाँ रहेको छ । 

    समीक्षा अवधीमा बैंकको नाफासँगै प्रतिशेयर आम्दानी पनि बढेको छ । असोज मसान्तसम्म्मा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ १३ पैसा बढेर १८ रुपैयाँ ६६ पैसा पुगेको छ । यस्तै, बैंकको मूल्य आम्दानी अनुपात ११.०९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ७७ पैसा रहेको छ ।

    गत आर्थिक वर्षको मुनाफाबाट १३.३० प्रतिशत बोनस शेयर वितरण गरी ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ चुक्ता पूँजी पुर्याएको यस बैंकको जगेडा कोषमा ४ अर्ब ९७ करोड रुपैयाँ सञ्चित छ । 

    पछिल्लो तीन महिनामा बैंकको निक्षेप संकलन ३।४५ प्रतिशत घटेर १ खर्ब ४८ अर्ब ८५ करोड रुपैयाँ र कर्जा ३.४४ प्रतिशत बढेर १ खर्ब ३० अर्ब ४७ करोड रुपैयाँ पुगेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार