images
images

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक नाफा ३३.४६ प्रतिशत बढ्यो, वितरणयोग्य नाफा भने ऋणात्मक

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक नाफा ३३.४६ प्रतिशत बढ्यो, वितरणयोग्य नाफा भने ऋणात्मक

शुक्रवार, कार्तिक १७ २०८०
शुक्रवार, कार्तिक १७ २०८०
  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंक नाफा ३३.४६ प्रतिशत बढ्यो, वितरणयोग्य नाफा भने ऋणात्मक

    काठमाडौँ / नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको नाफा चालु आर्थिक बर्ष २०८०/८१ को पहिलो त्रैमाससम्ममा  ३३.४६ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब १४ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले यो वर्ष सोही अवधिमा १ अर्ब ५२ करोड २२ लाख रुपैयाँ नाफा कमाउन सफल भएको हो । 

    images
    images

    समीक्षा अवधिमा बैंकको नाफासँगै खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि वृद्धि भएको छ । त्यस्तै, असोज मसान्तसम्म बैंकले ४ अर्ब १६ करोड १० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । 

    यस बर्षमा बैंकको खुद ब्याज आम्दानी ९५.४० प्रतिशतले वृद्धि भएको हो । गत वर्ष यसको खुद ब्याज आम्दानी २ अर्ब १२ करोड ९५ लाख रुपैयाँ रहेको थियो । 

    यस्तै, समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा ५९.९० प्रतिशतले बढेर २ अर्ब ६० करोड ५४ लाख पुगेको छ । गत वर्ष बैंकको यस्तो नाफा १ अर्ब ६२ करोड ९३ लाख भन्दा धेरै थियो । 

    यस बैंकले इम्पेयरमेन्ट चार्जका लागि ६४ करोड ६ लाख रुपैयाँ छुट्याएको छ । गत वर्ष २८ करोड १६ लाख रुपैयाँ उक्त शीर्षकमा छुटयाएको थियो । खराब कर्जा बढेसँगै बैंकको इम्पेयरमेन्ट चार्ज पनि बढ्न पुगेको हो । 

    हाल यस बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ कायम भएको छ । यसको जगेडा कोषमा २५ अर्ब ८९ करोड ३८ लाख रुपैयाँ जम्मा रहेको छ । यता, बैंकको एनपीएल बढेर ४.८३ प्रतिशत पुगेको छ । गत वर्ष १.५७ प्रतिशत थियो । 

    यसको प्रतिसेयर आम्दानी भने २४ रुपैयाँ ९२ पैसाबाट घटेर १७ रुपैयाँ ८४ पैसा कायम भएको छ । त्यसैगरी, प्रतिसेयर नेटवर्थ पनि १८ रुपैयाँ ९५ पैसाले घटेर १७३ रुपैयाँ ३७ पैसा रहेको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा भने ऋणात्मक रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार