images
images

तीन महिनामा प्रभु बैंकले कमायो १ अर्ब ३ करोड नाफा, प्रतिसेयर नेटवर्थ कति ?

तीन महिनामा प्रभु बैंकले कमायो १ अर्ब ३ करोड नाफा, प्रतिसेयर नेटवर्थ कति ?

शुक्रवार, कार्तिक १७ २०८०
शुक्रवार, कार्तिक १७ २०८०
  • तीन महिनामा प्रभु बैंकले कमायो १ अर्ब ३ करोड नाफा, प्रतिसेयर नेटवर्थ कति ?

    काठमाडौँ / प्रभु बैंक लिमिटेडको नाफा चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्ममा ४६.७० प्रतिशतले बढेको छ । गत आर्थिक बर्षको असोज मसान्तसम्ममा ७० करोड ५० लाख रुपैयाँ नाफा कमाएको यस बैंकले चालु आर्थिक बर्षको सोहि अवधीसम्ममा १ अर्ब ३ करोड ४२ लाख १४ हजार रुपैयाँ नाफा कमाएको हो । 

    images
    images

    बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको सुधारसंगै नाफा पनि बढ्न पुगेको छ । यस अवधीमा बैंकको खुद ब्याज आम्दानी २९.१५ प्रतिशतले बढेर २ अर्ब ५४ करोड ८० लाख ७४ लाख रुपैयाँ कायम भएको  छ । यस्तै, सञ्चालन नाफा ५१.३२ प्रतिशतले बढेर १ अर्ब ५४ करोड १५ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।

    २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा १० अर्ब ९३ करोड २८ लाख ३६ हजार रहेको छ । यस्तै, २ खर्ब ७६ अर्ब १४ करोड ८७ लाख २७ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २ खर्ब ३६ अर्ब ६६ करोड ४२ लाख ३७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । 

    यसैगरी, असोज मसान्तसम्ममा बैंकको खराब कर्जा १.६८ प्रतिशतबाट बढेर ३.९७ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५७ पैसा र प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ८२ पैसा कायम भएको  छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार