images
images

मेयर बालेनले ल्याएको साथी महानगर योजना के हो ? कसरी लिने बिपन्न ब्यक्तिहरुले सहयोग

मेयर बालेनले ल्याएको साथी महानगर योजना के हो ? कसरी लिने बिपन्न ब्यक्तिहरुले सहयोग

सोमवार, कार्तिक २० २०८०
सोमवार, कार्तिक २० २०८०
  • मेयर बालेनले ल्याएको साथी महानगर योजना के हो ? कसरी लिने बिपन्न ब्यक्तिहरुले सहयोग
    images
    images

    काठमाडौँ/  महानगरपालिकाको ‘साथी महानगर’ स्वर्णिम योजना कार्यान्वयनमा ल्याएको छ।
     
    महानगरबासीका सुख दुःखमा सँगै रहने कार्यक्रम सञ्चालनमा आएको मेयर बालेन शाहले आफ्नो सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । 

    सहरी गरिब र विपन्न वर्गको दैनिकीमा आइपर्ने गर्जोमा साथ दिने उद्धेश्यले यस्तो कार्यक्र  ल्याइएको उनले बताएका छन् । 

    सुत्केरी महिलालाई पोसिलो खानेकुराको अभाव नहोस्, किरिया खर्चको अभावमा संस्कार छोड्नु नपरोस्, कार्यक्रमको मुल मन्त्र रहेको छ ।

    जोखिममा रहेका बालबालिका, ज्येष्ठ नागरिक, महिला, अपाङ्गता भएका व्यक्तिले एक्लो महसुस गर्न नपरोस्  भनेर  यस्तो कार्यक्रम सञ्चालनमा ल्याएका हौँ, उनले आफ्नो विचार पोष्ट गरेका छन् । 

    ‘तपाईँका यस्ता समस्यामा हामी साथ दिन्छौँ । तपाईँ काठमाडौँ महानगरबासीमा यस्तो अवस्था छ भने तपाईँ बसोबास गरिरहनु भएको वडा कार्यालय वा काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागअन्तर्गत साथी महानगर परियोजना कार्यान्वयन एकाइमा सम्पर्क राख्नुहोला’, उनले भनेका छन् ।  

    सहयोग कसरी लिन सकिन्छ ?

    तपाईँलाई कस्तो सहयोग चाहिएको हो, केका लागि सहयोग चाहिएको हो, ब्यहोरा खुलेको निवेदन लिएर  जानुपर्दछ । 
    निवेदनसँगै नेपाली नागरिकताको प्रतिलिपि, काठमाडौँ महानगरपालिकाबासी भएको र सहयोग आवश्यक भएको वडाको सिफारिस पनि समावेश हुनुपर्दछ ।  तपाईले किरिया खर्च, सुत्केरी खर्च तथा यस्तै महानगरले आफ्नो कार्यक्रममा उल्लेख गरेको विषयहरु पाउन सकिने छ । 

    किरिया खर्च
    यदि विपन्न हुनुहुन्छ र किरिया खर्चको समेत आवश्यकता छ भने महानगरले २० हजारसम्म खर्च उपलब्ध गराउने छ ।

    महानगरले विपन्न अन्तर्गत घर जग्गा आफ्नो स्वामित्वमा नरहेको, परिवारमा कुनै सदस्यको नियमित रोजगारी नभएको, विगत १ वर्ष भित्र कुनै पनि वैदेशिक रेमिटेन्स प्राप्त नगरेको, शारीरिक तथा मानसिक रूपमा अस्वस्थ रहेको, शारीरिक अपाङ्गता रहेको, कुपोषित गर्भवती तथा कुपोषित बच्चा रहेको, परिवारमा अन्य १५/६० वर्षका व्यक्ति नरहेको भनी वडा कार्यालयमा सिफारिस लिनु पर्दछ ।

    mahanagar.jpg


    यस्तै  घर जग्गा आफ्नो स्वामित्वमा नरहेको, परिवारमा कुनै सदस्यको नियमित रोजगारी नभएको, विगत १ वर्ष भित्र कनै पनि वैदेशिक रेमिटेन्स प्राप्त नगरेको, शारीरिक तथा मानसिक अस्वस्थ रहेकोलाई परिवारको हकमा महानगरपालिकाले १५ हजार सम्म किरिया खर्च उपलब्ध गराउने छ । 

    सुत्केरी सहयोग

    शारीरिक तथा मानसिक रूपमा अस्वस्थ रहेको, शारीरिक अपाङ्गता रहेको, कुपोषित गर्भवती तथा कुपोषित बच्चा रहेको, परिवारमा अन्य १५/६० वर्षका व्यक्ति नरहेको सुत्केरीलाई काठमाडौं महानगरले साथी महानगर ९स्वर्णिम योजना० अन्तर्गत १० हजार सहयोग गर्ने छ ।


    यस्तै ४२ दिन भित्रको सुत्केरी, परिवारमा अन्य १५/६० वर्षका व्यक्ति नरहेको, परिवारमा कुनै सदस्यको नियमित रोजगारी नभएको सुत्केरीलाई भने महानगरले ७ हजार ५ सय सुत्केरी खर्च उपलब्ध गराइने छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार