काठमाडौँ / प्राइम कमर्सियल बैंक लिमिटेडले जाजरकोट भूकम्पका प्रभावितको राहतका लागि २५ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
बैंकले भूकम्प पीडितको तत्काल राहत सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त सहयोग उपलब्ध गराउने बताएको छ ।
बैंकले भूकम्पमा परी दिवंगत भएका नागरिकका परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।