images
images

पहिलो त्रैमासिकमा राष्ट्रिय वाणिज्य बैंकको मुनाफा ८५ करोड ९८ लाख रुपैयाँ, किन घट्यो नाफा ?

पहिलो त्रैमासिकमा राष्ट्रिय वाणिज्य बैंकको मुनाफा ८५ करोड ९८ लाख रुपैयाँ, किन घट्यो नाफा ?

मंगलवार, कार्तिक २१ २०८०
मंगलवार, कार्तिक २१ २०८०
  • पहिलो त्रैमासिकमा राष्ट्रिय वाणिज्य बैंकको मुनाफा ८५ करोड ९८ लाख रुपैयाँ, किन घट्यो नाफा ?

    काठमाडौँ / सरकारी स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालु आर्थिक बर्ष २०८०/०८१ को प्रथम त्रैमासिकमा ८५ करोड ९८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकको पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक बर्ष २०७९/०८० को समीक्षा अवधिमा बैंकले १ अर्ब २४ करोड रुपैयाँ नाफा कमाएको थियो । 

    images
    images

    बैंकको खराब कर्जा वृद्धिसँगै अधिकांश सूचकमा दबाव परेका कारण चालु आवको पहिलो त्रैमासिकमा बैंकको मुनाफामा ३१.०३ प्रतिशतले गिरावट आएको छ । 

    त्यस्तै, बैंकको सञ्चालन मुनाफा र खुद ब्याज आम्दानीमासमेत गिरावट आएको छ । समीक्षा अवधिमा बैंकको खुद यस्तो आम्दानी २० प्रतिशतले घटेको छ । गत वर्ष ३ अर्ब १८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको राष्ट्रिय वाणिज्य बैंकले समीक्षा अवधिमा भने यो आम्दानी २ अर्ब ५२ करोड रुपैयाँमा सीमित गरेको हो । 

    त्यस्तै, बैंकको सञ्चालन मुनाफा २३ प्रतिशतले घटेर १ अर्ब २१ करोड रुपैयाँमा संकुचित भएको छ । अघिल्लो वर्ष बैंकको यस्तो मुनाफा १ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा बैंकले इम्पेयरमेन्ट चार्जका वापत २४ करोड १२ लाख रुपैयाँ छुट्याएको छ। अघिल्लो वर्ष यस्तो चार्ज ३२ करोड ७ लाख रुपैयाँ रहेको थियो।

    पहिलो त्रैमासमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८१ करोड कायम रहेको छ । पहिलो त्रैमासमा बैंकले ३ खर्ब २५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। समीक्षामा अवधिमा बैंकको निक्षेप सङ्कलन १.२३ प्रतिशत र कर्जा लगानी ३.११ प्रतिशतले वृद्धि भएको हो । 

    हाल बैंकको चुक्तापूँजी १५ अर्ब ६३ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३८ अर्ब २० करोड रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा अनुपात भने ४५.९७ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष बैंकको खराब कर्जा २.४८ प्रतिशत रहेकोमा समीक्षा अवधिमा बढेर ३.६२ प्रतिशत पुगेको हो । 

    त्यस्तै, बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ९९ पैसामा सीमित रहेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ३५ रुपैयाँ ७६ पैसा थियो । त्यस्तै, कस्ट अफ फण्ड ६.२६ प्रतिशत, आधार दर ८.३२ प्रतिशत, स्प्रिड ब्याजदर ३.९९ प्रतिशत र सिडि रेसियो ७७.४३ प्रतिशत कायम भएको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार