images
images

नेपाल बैंकको नाफा तीन महिनामा ६० करोड ४० लाख रुपैयाँले घट्यो, प्रतिशेयर आम्दानी कति ?

नेपाल बैंकको नाफा तीन महिनामा ६० करोड ४० लाख रुपैयाँले घट्यो, प्रतिशेयर आम्दानी कति ?

मंगलवार, कार्तिक २१ २०८०
मंगलवार, कार्तिक २१ २०८०
  • नेपाल बैंकको नाफा तीन महिनामा ६० करोड ४० लाख रुपैयाँले घट्यो, प्रतिशेयर आम्दानी कति ?

    काठमाडौँ / नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्ममा १४ करोड २३ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा समीक्षा अवधिमा बैंकको खुद मुनाफा ७६.४३ प्रतिशत अर्थात ४६ करोड १७ लाख रुपैयाँले घटेको छ । गत आवको पहिलो त्रैमासिकमा बैंकले ६० करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो । 

    images
    images

    गत वर्ष २१ करोड ४४ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको बैंकले समीक्षा अवधिमा यस्तो रकम बढाएर १ अर्ब ३४ करोड १७ लाख रुपैयाँ पुर्याएको छ । इम्पेयरमेन्ट चार्जमा उच्च वृद्धि गरेका कारण बैंकको नाफामा ७६.४३ प्रतिशतको गिरावट आएको हो । 

    समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ९० करोड रुपैयाँबाट घटेर ३६ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ । जसअनुसार वितरणयोग्य नाफा प्रतिशेयर ८० रुपैयाँ ५९ पैसाबाट घटेर १० रुपैयाँमा झरेको छ । 

    चालू आवको पहिलो त्रैमासमा नेपाल बैंकको खुद ब्याज आम्दानी १६.२८ प्रतिशतले वृद्धि हुँदा सञ्चालन नाफा भने ८६.९१ प्रतिशतले घटेको छ । समीक्षा अवधिसम्म २ अर्ब २१ करोड ७७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले सञ्चालन नाफा भने १० करोड ३९ लाख रुपैयाँमा सीमित गरेको छ । गत बर्ष बैंकको सञ्चालन नाफा ७९ करोड ४० लाख रहेको थियो । 

    समीक्षा अवधिसम्म बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २१ अर्ब ४४ करोड रुपैयाँ कायम छ । यसैगरी बैंकको खराब कर्जा ६२.७१ प्रतिशतले वृद्धि भएकमो छ । गत वर्ष तेस्रो त्रैमासिकमा २.३६ प्रतिशत रहेको बैंकको खराब कर्जा समीक्षा अवधिमा भने बढेर ३.८४ प्रतिशत पुगेको हो ।

    त्यस्तै, प्रतिसेयर आम्दानी १६ रुपैयाँ ७७ पैसाबाट घटेर ३ रुपैयाँ ८४ पैसा र प्रतिसेयर नेटवर्थ ५० रुपैयाँ ३४ पैसाले घटेर २४८ रुपैयाँ ४६ पैसा कायम भएको छ । समीक्षा अवधिमा बैंकको बेस रेट ९.१९ प्रतिशत, कस्ट अफ फण्ड ७.०८ प्रतिशत र सिडी रेसियो ७३.८६ प्रतिशत रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार