images
images

नेपालमा लगानी गर्न एशिया प्रशान्त क्षेत्रका व्यवसायिक लिडरहरूलाई प्रधानमन्त्रीको आग्रह

नेपालमा लगानी गर्न एशिया प्रशान्त क्षेत्रका व्यवसायिक लिडरहरूलाई प्रधानमन्त्रीको आग्रह

मंगलवार, कार्तिक २१ २०८०
मंगलवार, कार्तिक २१ २०८०
  • images
    images
    नेपालमा लगानी गर्न एशिया प्रशान्त क्षेत्रका व्यवसायिक लिडरहरूलाई प्रधानमन्त्रीको आग्रह

    काठमाडौँ / प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले एशिया प्रशान्त क्षेत्रका व्यवसायिक लिडरहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । मङ्गलबार बिहान महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा गएको एशिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघका अध्यक्ष पिटर म्याकमुलिन एमसहितको प्रतिनिधिमण्डलसँगको औपचारिक भेटवार्तामा प्रधानमन्त्रीले यस्तो आग्रह गरेका हुन् । 

    images
    images

    उक्त भेटमा नेपालको आर्थिक विकासमा एशिया प्रशान्त क्षेत्रबाट लगानी, प्रविधि एवं विकास मोडल आकर्षण गर्न क्यासीबाट हुनसक्ने सहयोगका विषयमा छलफल भएको थियो । साथै, प्रधानमन्त्री प्रचण्डले नेपालले राजनीतिक उपलब्धि हासिल गरिसकेको र अवको यात्रा समृद्धि नै भएकाले यसमा सहयोग गर्न क्यासी पदाधिकारीहरूलाई आग्रह गरे । 

    छलफलका क्रममा प्रधानमन्त्रीले नेपालले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय लगानी आव्हान गरिरहेको र नेपालमा लगानीका लागि अति नै उपयुक्त समय पनि भएको र सरकार पनि सबै प्रकारको सहयोग गर्न तयार रहेको प्रधामन्त्रीले विश्वाससमेत दिलाए । 

    महासंघका अध्यक्ष ढकालले ३७ औं क्यासी सम्मेलन नेपालको आर्थिक विकासका मुद्दामा केन्द्रीत भएको र सम्मेलन सहयोगी हुने अपेक्षा नेपाली निजी क्षेत्रले गरेको बताए । एशिया प्रशान्त क्षेत्रबाट लगानी एवं प्रविधि भित्र्याउन क्यासीमार्फत महासंघले पहल गर्ने थप स्पष्ट पारे ।  
        
    क्यासीका अध्यक्ष पिटरले लगानी आकर्षण एवं आर्थिक व्यवसायिक सम्बन्ध विस्तारमा सहयोग पुुरयाउन क्यासी तयार रहेको प्रतिबद्धता जनाए । भेटवार्तामा अर्थमन्त्री डा. प्रकाशशरण महत, मुख्य सचिव डा. बैकुण्ठ प्रसाद अर्याल र क्यासी पदाधिकारी एवं सदस्यहरूको उपस्थिति थियो । 
    नेपालले छोटो अवधिमा पनि उत्कृष्ट कार्यक्रम आयोजना गर्न सफल भएकोमा उनले खुशी व्यक्त गरे । विश्व आर्थिक मञ्चमा ठूलो हिस्सा ओगट्ने एशिया प्रशान्त क्षेत्र नेपालको विकास अभियानमा बलियो सहयोगी हुने उनले विश्वास दिलाए । 

    महासंघको आयोजनामा कार्तिक २० गतेदेखि काठमाडौँमा क्यासीको ३७ औं सम्मेलन आयोजना भैरहेको छ । सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले हिजो उद्घाटन गरेका थिए । कार्यक्रममा भागलिन एशिया प्रशान्त क्षेत्रबाट करिव तीन दर्जन व्यवसायिक नेताहरुको काठमाडौँ आएका छन् । 

    news.jpg

    सम्मेलनमा स्वच्छ र नवीकरणीय ऊर्जा, क्षेत्रीय आर्थिक वृद्धि, खाद्य र कृषि, युवा उद्यमशिलता तथा सूचना प्रविधि, पर्यटन, लघु, घरेलु तथा साना उद्यम, जल, ऊर्जा र वातावरण, क्षेत्रीय व्यापार व्यवसाय संजाल विस्तार, एसिया–प्रशान्त क्षेत्रमा विकासका अवसर र चुनौती लगायतका महत्वपर्ण विषयहरुमा दुुई दिनसम्म एशिया प्रशान्त क्षेत्रका निजी क्षेत्र, विकास साझेदार, दातृ निकाय तथा सरकारी प्रतिनिधिहरु र नीति निर्माताहरूले बिचार विमर्श गरिरहेका छन् । 

    निजी क्षेत्रको प्रतिनिधिमुलुक संस्था नेपाल उद्योग वाणिज्य महासंघ यस संस्थाको संस्थापक सदस्य हो । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार