images
images

सपोर्ट लघुवित्तद्वारा १३.६८४२ प्रतिशत लाभांश घोषणा, बोनस शेयर कति ?

सपोर्ट लघुवित्तद्वारा १३.६८४२ प्रतिशत लाभांश घोषणा, बोनस शेयर कति ?

बुधवार, कार्तिक २२ २०८०
बुधवार, कार्तिक २२ २०८०
  • सपोर्ट लघुवित्तद्वारा १३.६८४२ प्रतिशत लाभांश घोषणा, बोनस शेयर कति ?

    काठमाडौँ / सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।  

    कम्पनीको सञ्चालक समितिको कात्तिक २१ गते बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ९ करोड ५२ लाख ३८ हजार रुपैयाँको कुल १३ दशमलव ६८४२ प्रतिशतले हुन आउने १ करोड ३० लाख ३२ हजार ५६८.४२ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

    प्रस्तावित लाभांशमा १३ प्रतिशतले हुन आउने १ करोड २३ लाख ८० हजार ९४० रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६८४२ प्रतिशतले हुन आउने ६ लाख ५१ हजार ६२८.४२ रुपैयाँ बराबरको नगद लाभांश छ ।  

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी नवौँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गर्ने जनाएको छ । अघिल्लो आवको मुनाफाबाट कम्पनीले आफ्ना शेयरधनीलाई ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५७८९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार