images
images

चाडपर्वको प्रभावः आयात बढ्दा घट्यो निर्यात, व्यापार घाटा कति ?

चाडपर्वको प्रभावः आयात बढ्दा घट्यो निर्यात, व्यापार घाटा कति ?

तीन महिनामा ४ खर्ब ७ अर्बको वस्तु आयात !

शुक्रवार, कार्तिक २४ २०८०
शुक्रवार, कार्तिक २४ २०८०
  • चाडपर्वको प्रभावः आयात बढ्दा घट्यो निर्यात, व्यापार घाटा कति ?

    काठमाडौँ / चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा विदेशी वस्तु तथा सेवाको आयात १.७ प्रतिशतले वृद्धि भएको छ । 

    images
    images

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको तीन महिनामा विदेशी वस्तु तथा सेवाको आयात १.७ प्रतिशतले वृद्धि भई ४ खर्ब ७ अर्ब ७६ करोड रुपैयाँ बराबर पुगेको हो । तथ्याङ्क अनुसार दसैँ–तिहार तथा छठ जस्ता मुख्य चाडपर्वले आयात बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १६.२ प्रतिशतले कमी आएको थियो ।

    पहिलो त्रैमाससम्मको वित्तीय रिपोर्ट अनुसार राष्ट्र बैंकले वस्तु आयात गरिने मुलुकका आधारमा भारत र चीनबाट भएको आयात क्रमशः २.४ प्रतिशत र ४२.४ प्रतिशतले वृद्धि भएको छ । तर सोही अवधिमा यता अन्य तेस्रो मुलुकतर्फको आयात भने २२.८ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । 

    वस्तुगत आधारमा तयारी पोशाक, एम.एस. तार, छड, बारतथा क्वाइल, रासायनिक मल, विद्युतीय उपकरण, लत्ताकपडा लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, कच्चा पाम तेल, पेट्रोलियम पदार्थ, सुन, एम.एस.विलेट लगायतका वस्तुको आयात घटेको छ ।

    निर्यात २.३ प्रतिशतले घट्यो

    चालु आर्थिक बर्षको तीन महिनामा निर्यात भने २.३ प्रतिशतले घटेर ४० अर्ब ८७ करोड रुपैयाँ बराबरको मात्र वस्तु तथा सेवा निर्यात भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३५.७ प्रतिशतले कमी आएको थियो ।

    गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ९.४ प्रतिशतले कमी आएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ३४५.९ प्रतिशत र ९.५ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

    वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोड, जुस, अलैँची, पोलिस्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, जुटका सामान, ऊनी गलैँचा, रोजिन लगायतका वस्तुको निर्यात घटेको छ ।

    निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

    व्यापार घाटा २.१ प्रतिशतले वृद्धि

    राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०र८१ को तीन महिनामा कुल वस्तु व्यापार घाटा २.१ प्रतिशतले वृद्धि भई ३ खर्ब ६६ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १३.१ प्रतिशतले घटेको थियो । 

    समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.४ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ४५ अर्ब ५८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३४ अर्ब ५९ करोड रुपैयाँ बराबरको भएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार