images
images

२ लाख ८० हजार डाउनपेमेन्टमै कार, नेटा भी को धन्तेरसमा विशेष छुट

२ लाख ८० हजार डाउनपेमेन्टमै कार, नेटा भी को धन्तेरसमा विशेष छुट

शनिवार, कार्तिक २५ २०८०
शनिवार, कार्तिक २५ २०८०
  • २ लाख ८० हजार डाउनपेमेन्टमै कार, नेटा भी को धन्तेरसमा विशेष छुट

    काठमाडौं / धन्तेरसमा नेटा भी विद्युतीय कार खरिदमा विशेष छुट योजना सार्वजनिक
    भएको छ । 

    images
    images

    नेटा भीको नेपालका लागि आधिकारिक विक्रेता सीजी मोटर्सले
    विशेष अफर ल्याएको हो ।

    कम्पनी ल्याएको अफर अन्तर्गत अब नेटा भी डाउन पेमेन्टमा लिन चाहने
    ग्राहकहरुले ३८.९९ लाखको २० प्रतिशतले हुन आउने ७ लाख ८० हजार
    रुपैयाँ डाउन पेमेन्ट गर्नु पथ्र्यो ।  तर, कम्पनीले डाउन पेमेन्टको रकम मध्ये ५
    लाख बराबर रुपैयाँ क्यास ब्याक अफर दिएकाले २ लाख ८० हजार मात्रै
    डाउन पेमेन्ट गर्दा पुग्छ । 

    यो योजना सिमित अवधिको लागि मात्र उपलब्ध हुने
    कम्पनीले जनाएको छ । नेपालभरका सम्पूर्ण शोरुम बाट यो सुबिधा उपलब्ध हुने छ ।

    नेटा भी क्रसओभर सेग्मेन्टमा बोल्ड लुक्समा पियोर ईभी प्लेटफर्ममा उत्पादित
    ईभी हो । 

    जसमा कम्पनीले ३८.५ किलोवाट पावर क्षमताको ब्याट्रीको साथमा
    ७० किलोवाट क्षमताको मोटर प्रदान गरेको छ । जसले १६० एनएमको टर्क
    उत्सर्जन गर्ने क्षमता राख्दछ ।

    करिब २० मिनेटको समयमा नै ३० देखि ८० प्रतिशत फास्ट चार्ज हुने गाडीले
    फूल चार्जमा ३८० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ ।

    विश्वकै ठुलो ब्याट्री उत्पादक कम्पनी ‘सिएटीएल’लेउत्पादन गरेको लिथियम आयोन
    ब्याट्री प्रयोग भएको नेटा भी को ब्याट्रीसहित मोटरमा कम्पनीले १५०,०००
    किलोमिटर वा ८ वर्षको वारेन्टी प्रदान गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार