images
images

बतास एमएडब्लुद्वारा पहिलो बार्षिकोत्सवको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

बतास एमएडब्लुद्वारा पहिलो बार्षिकोत्सवको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

शुक्रवार, बैशाख ७ २०८१
शुक्रवार, बैशाख ७ २०८१
  • बतास एमएडब्लुद्वारा पहिलो बार्षिकोत्सवको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    काठमाडौँ / नेपालका लागि आधिकारिक बिक्रेता बतास एमएडब्लु कर्मसियल भेहिकलमा अग्रणी रहेको आइसरले पहिलो वार्षिकोत्सव मनाएको छ । कम्पनीले पहिलो वार्षिकोत्सवको अवसरमा आज शुक्रबार वातावरणीय दिगोपन र कर्पोरेट सामाजिक उत्तरदायित्वको लागि निरन्तर प्रतिबद्धताको रूपमा नक्सालस्थित नारायण चौरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । 

    images
    images

    वृक्षारोपण कार्यक्रममा सम्पूर्ण कर्मचारीहरू, सरोकारवालाहरू र समुदायका सदस्यहरूको सहभागिता रहेको थियो । जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न, हावाको गुणस्तर सुधार गर्न र जैविक विविधता बढाउन रुखहरूले महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ। 

    वृक्षारोपण कार्यक्रममार्फत, हामी आउने पुस्ताको लागि हरियाली र स्वस्थ भविष्य सिर्जना गर्दै हाम्रो वातावरणको संरक्षण र पुर्नस्थापनामा हरियाली कायम गरी योगदान गर्ने लक्ष्य बृक्षारोपण कार्यक्रमको रहेको थियो ।

    कार्यक्रममा सहभागीहरूले रुख रोप्ने, वनीकरणको महत्त्वबारे जान्न र वातावरण संरक्षण सम्बन्धी अन्तर्क्रियात्मक जनचेतनामूलक कार्यक्रममा संलग्न हुने अवसर पाएको आयोजक कम्पनीले जनाएको छ ।

    20.jpg

    वृक्षरोपण कार्यक्रममा कार्यकारी निर्देशक दिपक अग्रवालले भने, “वृक्षारोपण कार्यक्रममा भाग लिएर सँगै, हामी वातावरणमा सकारात्मक प्रभाव पार्न सक्छौँ र पृथ्विमा हरियालीका लागि दिगो भविष्य सिर्जना गर्न सक्छौँ।” 

    विगत ४० वर्षदेखि नेपालको व्यवसायिक सवारीको क्षेत्रमा आत्यधिक ग्राहकहरुले रुचाइएको ब्रान्ड आइशर द्यब्त्ब्क्ःब्ध् ले आधिकारिक रूपमा बिक्रि गर्दै आईरहेको छ । 

    आइशर बिश्वभर ७० भन्दा बढी देशहरूमा फैलिएको छ । आइशरले भोल्भो र आइसरको संयुक्त परियोजनामा विविध मूल्य र प्रयोजनका लागि नयाँ प्रविधिका साथ विभिन्न उत्पादनहरू बजारमा उपलब्ध गराउदै आइरहेको छ । 

    2.jpgसाथै हालसालै भएको बतास र एमएडब्लू बीचको एकताले व्यवसायिक सवारी साधनको बजारमा नयाँ आयाम थप्नुका साथै ११ शाखाहरु, ४ डिलर र १६ टच पोइन्टका साथ देशैभर व्यवसायिक सवारी साधनहरू उपलब्ध गराउँदै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार