images
images

ग्लोबल आइएमई बैंकको बार्षिक साधारण सभा मंसिर २८ गते, बुक क्लोज कहिले ?

ग्लोबल आइएमई बैंकको बार्षिक साधारण सभा मंसिर २८ गते, बुक क्लोज कहिले ?

शुक्रवार, मंसिर १ २०८०
शुक्रवार, मंसिर १ २०८०
  • images
    images
    ग्लोबल आइएमई बैंकको बार्षिक साधारण सभा मंसिर २८ गते, बुक क्लोज कहिले ?

    काठमाडौँ / ग्लोबल आइएमई बैंक लिमिटेडले १७औं वार्षिक साधारण सभा मंसिर २८ गते गर्ने भएको छ । कात्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा मंसिर २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ९ बजे शुरु हुने जनाएको हो ।

    images
    images

    सभाले ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकले साधारण सभा प्रयोजनको लागि मंसिर १३ गते बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा मंसिर १२ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

    साधारण सभाले सञ्चालक समिति चयन गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले संस्थापकबाट तीन र सर्वसाधारणबाट अर्को तीनजना नयाँ सञ्चालकको चयन गर्ने प्रस्ताव गर्ने जनाएको छ ।

    सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । त्यस्तै, सभाले आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक पनि निर्धारण गर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार