images
images

सरकारले बढायो कफीको भाउ, सबैभन्दा महँगो पार्चमेन्ट ‘ए’ कफी

सरकारले बढायो कफीको भाउ, सबैभन्दा महँगो पार्चमेन्ट ‘ए’ कफी

शुक्रवार, मंसिर १ २०८०
शुक्रवार, मंसिर १ २०८०
  • सरकारले बढायो कफीको भाउ, सबैभन्दा महँगो पार्चमेन्ट ‘ए’ कफी

    काठमाडौँ / सरकारले मंसिर १ गते कफी दिवसको अवसरमा कफीको नयाँ मूल्य सार्वजनिक गरेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सार्वजनिक गरेको मूल्यसूची अनुसार कफीको न्यूनतम् सहमत मूल्य सामान्यतयाः बृद्धि भएको छ ।

    images
    images
    images
    images

    गत बर्षको तुलनामा यस बर्ष फ्रेसचेरी कफीको मूल्य पाँच रुपैयाँ, पार्चमेन्ट ‘ए’को २५ रुपैयाँ, पार्चमन्ट ‘बी’ र ड्राइचेरी ‘ए’को मूल्य ३० रुपैयाँले बढेको छ । त्यस्तै, ड्राइचेरी ‘बि’को मूल्य ३५ रुपैयाँले बढेको छ । 

    कुन कफीको मूल्य कति पुग्यो ? 

    फ्रेस चेरी कफी :  ‘ए’ ग्रेडको फ्रेस चेरी कफीको मूल्य प्रतिकेजी १ सय रुपैयाँ तोकिएको छ ।  ८०० मिटरभन्दा माथि, प्राङ्गारिक पद्धति अपनाएर उत्पादन गरिएको, ठिक्क पाकेको, पानीमा राख्दा डुब्ने, केलाएर छानिएको चेरीलाई ग्रेड ‘ए’ मानिने बोर्डले जनाएको छ । ‘बि’ ग्रेड अन्तर्गत पर्ने फ्रेस चेरी कफीको मूल्य प्रतिकेजी ९० रुपैयाँ रहेको छ । ग्रेड ‘ए’ मा नपरेका अन्य कफीलाई ग्रेड ‘बि’ मानिन्छ । 

    पार्चमेन्ट कफी स् ग्रेड ‘ए’ अन्तर्गत पर्ने पार्चमेन्ट कफीको मूल्य प्रतिकेजी ५०० रुपैयाँ रहेको छ । बोर्डका अनुसार ग्रेड ‘ए’ गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको, पानीमा राख्दा डुब्ने, ११५ चिस्यान भएको पार्चमेन्टलाई ग्रेड ‘ए’ गुणस्तरको कफीको समूहमा राखिन्छ । त्यस्तै, ग्रेड ‘बि’ अन्तर्गत पार्चमेन्ट कफीको मूल्य प्रतिकेजी ४५० रुपैयाँ तोकिएको छ । ग्रेड ‘बि’ गुणस्तरको कफीबाट उत्पादन भएको पार्चमेन्टलाई ग्रेड ‘बि’ अन्तर्गत राखिन्छ । 

    ड्राइ चेरी कफी स् ग्रेड ‘ए’ समूहको ड्राइ चेरी कफीको मूल्य प्रतिकेजी २०० रुपैयाँ कायम भएको छ । ग्रेड ‘ए’ गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको ड्राइ चेरीलाई ग्रेड ‘ए’ मानिने बोर्डले जनाएको छ । ग्रेड बि अन्तर्गत पर्ने ड्राइ चेरी कफीको मूल्य प्रतिकेजी १५० रुपैयाँ रहेको छ । ग्रेड ‘बि’ गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको ड्राइ चेरीलाई ग्रेड ‘बि’ मानिन्छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार