images
images

किसानलाई काउली काट्न भ्याइनभ्याइ, मूल्य ह्वात्तै घटेपछि चिन्ता

किसानलाई काउली काट्न भ्याइनभ्याइ, मूल्य ह्वात्तै घटेपछि चिन्ता

सोमवार, पुस २९ २०८१
सोमवार, पुस २९ २०८१
  • images
    images
    किसानलाई काउली काट्न भ्याइनभ्याइ, मूल्य ह्वात्तै घटेपछि चिन्ता
    images
    images

    काभ्रेपलाञ्चोक / मण्डनदेउपुर नगरपालिका–११ राम्चेबेँसीको गायत्री सापकोटालाई अहिले बारीमा फलेको काउली काट्न भ्याइनभ्याइ छ । उनी जस्तै गाउँका अन्यलाई काउली काट्न त, कोही बजार लैजाने तयारीमा देखिन्छन् । तर काउलीको मूल्य घटीरहेकामा किसान चिन्तामा देखिन्छन् । 

    images
    images

    “मैले बारीभरी काउली रोपेको थिएँ, अहिले मध्य सिजन भएकाले होला काउली रू १५ मा पनि बिकिरहेको छैन, लगानीसमेत नउठ्ने भयो”, सापकोटाले दुःखेसो पोखिन् । करिब महिनाअघिसम्म प्रतिकेजी रू एक सयसम्ममा बिक्री भएको काउली अहिले एकाएक सस्तिएपछि यहाँका किसान निकै चिन्तामा छन् ।

    उक्त वडाका करिब एक सय ३० किसान परिवारले आफ्नो खेतबारीमा काउली रोपेका थिए । तर भाउ नपाउँदा उनीहरूको लगानी जोखिममा परेको बताइन्छ । बारीमै छोडौँ नहुने, टिपेर बजार पठाउँदा ज्याला पनि नउठ्ने भइसकेकामा स्थानीय अर्का किसान सङ्गीता सापकोटालाई पनि निकै चिन्ता पर्न थालेको छ । 

    “यहाँ यो सिजनमा दैनिक एक हजार केजीसम्म काउली उत्पादन हुने गरेको छ, तर बजारमा राम्रो मूल्या नपाउँदा भने लगानी र ज्यालासम्म नउठ्ने भए पनि घाटा ब्याहोर्न बाध्य भइयो”, उनको भनाइ छ। हाल व्यापारीले प्रतिकिलो काउली १० का दरले पैसा दिएको किसानको भनाइ छ। 

    उपभोक्ताले बजारमा काउलीको मूल्य प्रतिकिलो रू ५० रुपैयाँसम्म तिर्दा पनि  किसानले भने १० रुपैयाँदेखि अधिकतम १५ रुपैयाँ मात्रै पाइरहेका हुन्  । 

    गतवर्ष एउटै किसानले एक सिजनमा काउली, बन्दा र गोलभेडा बेचेर ५ लाखभन्दा बढी आम्दानी गरेका थिए, तर यो वर्ष एक लाख उठाउन पनि कठिन देखिएको स्थानीयको भनाइ छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार