images
images

चार महिनामा ५ खर्बको वस्तु आयात हुँदा ५० अर्बको निर्यात, व्यापार घाटा कति ?

चार महिनामा ५ खर्बको वस्तु आयात हुँदा ५० अर्बको निर्यात, व्यापार घाटा कति ?

चार महिनामा नेपालले ५ खर्ब १२ रुपैयाँ बराबरको वस्तु आयात गर्दा निर्यात भने ५० अर्ब ५६ करोडमा खुम्चिएको छ ।

बिहिवार, मंसिर ७ २०८०
बिहिवार, मंसिर ७ २०८०
  • चार महिनामा ५ खर्बको वस्तु आयात हुँदा ५० अर्बको निर्यात, व्यापार घाटा कति ?

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती चार महिनामा नेपालले ५ खर्ब १२ अर्ब ५० करोड ३४ लाख ७३ हजार रुपैयाँ बराबरको वस्तु आयात गर्दा निर्यात भने ५० अर्ब ५६ करोड ५३ लाख ८० हजार रुपैयाँमा खुम्चिएको छ ।

    भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको साउनदेखि कात्तिक महिनासम्मको अवधिमा उक्त मूल्य बराबरको वस्तु आयात तगा निर्यात भएको हो । विभागले सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको तथ्याङ्कअनुसार चार महिनामा मुलुकले कुल ५ खर्ब ६३ अर्ब ६ करोड ८८ लाख ५४ हजार रुपैयाँ बराबरकोवैदेशिक व्यापार गर्दा ४ खर्ब ६१ अर्ब ९३ करोड ८० लाख  ९२ हजार रुपैयाँ बराबर घाटा व्यहोरेको छ ।

    विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको कात्तिक मसान्तसम्मको तुलनामा चालु आवको सोही अवधिमा वस्तुको आयात ३.७९ प्रतिशत र निर्यात ७.६८ प्रतिशतले घटेको छ । यो अवधिमा समग्र वैदेशिक व्यापारमा ४.१५ प्रतिशतको गिरावट देखिएको हो ।

    गत आर्थिक वर्ष २०७९/८० को यही अवधिमा नेपालबाट ५४ अर्ब ७७ करोड रुपैयाँ बराबरको वस्तु तथा समान विभिन्न मुलुकमा निर्यात गरेको थियो । यस्तै, गत आर्थिक वर्षको चार महिनामा ५ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको वस्तु तथा समान विभिन्न मुलुकबाट नेपालमा आयात भएको थियो ।

    यस्तो छ चालु आर्थिक बर्षको चार महिनाको वैदेशिक व्यापारको अवस्था

    आयात – ५ खर्ब १२ अर्ब ५० करोड ३४ लाख ७३ हजार

    निर्यात –  ५० अर्ब ५६ करोड ५३ लाख ८० हजार  

    व्यापार घाटा – ४ खर्ब ६१ अर्ब ९३ करोड ८० लाख  ९२ हजार

    कुल वैदेशिक व्यापार – ५ खर्ब ६३ अर्ब ६ करोड ८८ लाख ५४ हजार 

    आयात–निर्यात अनुपात – १०.१४

    कुल व्यापारमा निर्यात शेयर – ८.९८ प्रतिशत

    कुल व्यापारमा आयात शेयर – ९१.०२ प्रतिशत

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार