images
images

केवाईसी अद्यावधिक गर्न ग्राहकहरुलाई कामना सेवा विकास बैंकको आग्रह

केवाईसी अद्यावधिक गर्न ग्राहकहरुलाई कामना सेवा विकास बैंकको आग्रह

बिहिवार, मंसिर ७ २०८०
बिहिवार, मंसिर ७ २०८०
  • केवाईसी अद्यावधिक गर्न ग्राहकहरुलाई कामना सेवा विकास बैंकको आग्रह

    काठमाडौँ / कामना सेवा विकास बैंकले आफ्ना सेवाग्राहीलाई ग्राहक पहिचान विवरण (केवाईसी) अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै सबै ग्राहकहरुलाई केवाइसी अपडेट गर्न आग्रह गरेको हो ।

    images
    images
    images
    images

    बैंकमा खाता खाली कारोबार गर्दै आईरहेका ग्राहकहरुलाई विभिन्न माध्यमबाट पटकपटक अद्यावधिक गर्न जानकारी गराउदा पनि पूर्ण रुपमा केवाईसी अद्यावधिक नभएकाले बैंकले सबैलाई केवाइसी अपडेट गर्न आग्रह गरेको हो ।

    बैंकले ग्राहकहरुलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र अद्यावधिक गर्न आग्रह गरेको छ । तोकिएको समयभित्र अद्यावधिक नगराईएमा प्रचलित कानून तथा बैंकको खाता संचालन नियम बमोजिम हुने समेत बैंकले जनाएको छ । 

    ग्राहकहरुले आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयमा सम्पर्क गरी केवाईसी अद्यावधिक गर्न सक्नेछन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार