images
images

भारतमा नेपाली सिमेन्ट र क्लिंकरको माग बढ्दै, कात्तिकमा मात्रै २७ करोड ७७ लाखको निर्यात

भारतमा नेपाली सिमेन्ट र क्लिंकरको माग बढ्दै, कात्तिकमा मात्रै २७ करोड ७७ लाखको निर्यात

बिहिवार, मंसिर ७ २०८०
बिहिवार, मंसिर ७ २०८०
  • images
    images
    भारतमा नेपाली सिमेन्ट र क्लिंकरको माग बढ्दै, कात्तिकमा मात्रै २७ करोड ७७ लाखको निर्यात

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को चार महिनामा १ अर्ब १३ करोड रुपैयाँ भन्दा बढिको नेपाली सिमेन्ट तथा क्लिंकर निर्यात भएको छ । 

    images
    images

    भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चार महिनामा अर्थात साउन, भदौ, असोज र कात्तिकमा १ अर्ब १३ करोड रुपैयाँबराबरको ८ लाख टन सिमेन्ट र क्लिंकर निर्यात भएको हो ।सरकारले निर्यात अनुदान दिएपछि सिमेन्ट र क्लिंकर निर्यातमा भारी वृद्धि भएको तथ्याङ्कले देखाएको छ । 

    विभागको तथ्यांकअनुसार गत आर्थिक बर्ष २०७९/८० को चार महिना (साउनदेखि कात्तिकसम्म) मा ३ करोड ५१ लाख २४ हजार रुपैयाँबराबरको ६६ हजार टन सिमेन्ट र क्लिंकर निर्यात भएको थियो ।

    चालु आर्थिक बर्षको चार महिनामा ५८ करोड ५७ लाख रुपैयाँ बराबरको १ लाख ७४ हजार टन क्लिंकर र ५४ करोड ४९ लाख रुपैयाँ बराबरको ६ लाख ३१ हजार टन तयारी सिमेन्ट भारत निर्यात भएको छ । विभागको तथ्याङ्क अनुसार कात्तिकमा मात्रै २७ करोड ७७ लाखको सिमेन्ट र क्लिंकर निर्यात भएको छ ।

    गत आर्थिक वर्षको बजेटमार्फत तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले सिमेन्टमा ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था गरेपछि २०७९ साउनदेखि निकासी सुरु भएको हो । गत आर्थिक वर्षभरमा ७७ करोड ९३ लाख रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर भारत निकासी भएको थियो ।

    कुन महिना कति सिमेन्ट निर्यात भयो ? 

    – साउन २०७९ मा (पहिलो महिना)– ४९ लाख रूपैयाँ

    – भदौ २०७९– ४० लाख रूपैयाँ

    – असोज २०७९– एक करोड २६ लाख रूपैयाँ

    – कात्तिक २०७९– एक करोड ३५ लाख रूपैयाँ

    – मंसिर २०७९– ९१ लाख रूपैयाँ

    – पुस २०७९– चार करोड २० लाख रूपैयाँ

    – माघ २०७९– आठ करोड सात लाख रूपैयाँ

    – फागुन २०७९– १३ करोड ७६ लाख रूपैयाँ

    – चैत २०७९– ११ करोड ७६ लाख रूपैयाँ

    – वैशाख २०८० मा– १३ करोड १२ लाख रूपैयाँ

    – जेठ २०८०– १२ करोड ३२ लाख रूपैयाँ

    – असार २०८०– १० करोड २९ लाख रूपैयाँ

    – साउन २०८०– २३ करोड ५० लाख रूपैयाँ

    – भदौ २०८०– १८ करोड ३४ लाख रूपैयाँ

    – असोज २०८०– ४३ करोड ४५ लाख

    – कात्त्कि २०८०– २७ करोड ७७ लाख

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार