काठमाडौँ / साताको अन्तिम कारोबारको दिन अर्थात आज शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्यमा तोलामा २०० रुपैयाँले घटेको हो ।
बिहीबार प्रतितोला एक लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला एक लाख १६ हजार ३०० रुपैयाँमा कारोबार हुने छ ।
यस्तै, तेजावी सुन प्रतितोला एक लाख १५ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । बिहिबार तेजाबी सुन प्रतितोला एक लाख १५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यता, आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ४५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । हिजो बिहिबार चाँदी प्रतितोला एक हजार ४४५ रुपैयाँमा काारेबार भएको थियो ।