images
images

नेपाल लाइफ इन्स्योरेन्स अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित, यी शीर्षकहरूमा गरिएको थियो मूल्याङ्कन

नेपाल लाइफ इन्स्योरेन्स अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित, यी शीर्षकहरूमा गरिएको थियो मूल्याङ्कन

शुक्रवार, मंसिर ८ २०८०
शुक्रवार, मंसिर ८ २०८०
  • नेपाल लाइफ इन्स्योरेन्स अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित, यी शीर्षकहरूमा गरिएको थियो मूल्याङ्कन

    काठमाडौँ / नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘आउटस्ट्यान्डि प्रिफरमेन्स इन द लाइफ इन्स्योरेन्स इन्डष्ट्रि अफ नेपाल’बाट सम्मानित भएको छ । कम्पनीलाई भारतको मुम्बईस्थित होटल ताज ल्यांड्स इंड्समा आयोजित चौथो आइसीसी इमार्जिंग एशिया इन्स्योरेन्स कन्केल्भ तथा अवार्ड, २०२३ समारोहमा उक्त अवार्डद्वारा सम्मानित गरिएको छ । 

    images
    images

    इन्डियन च्याम्बर अफ कमर्सद्वारा मंसिर ७ गते आयोजना गरिएको सो कार्यक्रममा दाबी भुक्तानीको अनुपात, चुक्तापुँजी, प्रथम बीमा शुल्क आर्जन र कम्पनीद्वारा प्रशिक्षणमा गरिएको लगानी जस्ता मापदण्डहरूलाई मूल्याङ्कन गर्दै नेपाल लाइफ इन्स्योरेन्सलाई उक्त सम्मान प्रदान गरिएको कम्पनीले जनाएको छ । 

    उक्त अन्तर्राष्ट्रिय सम्मान यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले ग्रहण गरेका छन् ।  चौथो आइसीसी इमार्जिंग एशिया इन्स्योरेन्स कन्केल्भ तथा अवार्ड, २०२३ पिडब्ल्यूसि भारतको सहकार्यमा गरिएको हो । 

    संसारमै लब्ध प्रतिष्ठित परामर्शदाता पिडब्ल्यूसीले एसियामा उदीयमान इन्स्योरेन्स कम्पनीहरूको कार्यसम्पादन गर्ने प्रक्रियालाई समिक्षा गर्दै कम्पनीहरूलाई विभिन्न विधामा सम्मानित गरिएको हो । 

    कम्पनीको कार्य कुशलता, प्रभावकारी एवम् पारदर्शी नीति तथा योजना, आम जनमानसको विश्वसनीयता र लोकप्रियता तथा चुस्त, सहज र विस्तारित सेवा प्रवाहको आधारमा सर्वश्रेष्ठ रहँदै कार्यसम्पादन गरेकाले  कम्पनीलाई ‘आउटस्ट्यान्डि प्रिफरमेन्स इन द लाइफ इन्स्योरेन्स इन्डष्ट्रि अफ नेपाल’बाट सम्मानित गरिएको हो । 

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको सुखद् अवसरमा सफलताको श्रेय सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरू, सम्पूर्ण कर्मचारी, अभिकर्ता, नियामक निकाय, शेयरधनीहरू तथा नेपाल लाइफसँग आवद्ध समस्त सेवाग्राहीहरूलाई प्रदान गर्दै सफलताको बाटोमा अग्रसर रहन प्रेरित गर्ने सबैमा हार्दिक आभार प्रकट गरेका छन् । 

    यसरी नै सामूहिक सहकार्य गर्दै जीवन बीमाको महत्त्व तथा यसको उपयोगिताको बारेमा अझै प्रभावकारी ढंगले नेपाली समाजलाई जागृत गराउँदै बीमाको लागि प्रोत्साहन गराउने कार्यमा नेपाल लाइफलाई अगाडि बढ्न सदैव हौसला मिल्ने अपेक्षा रहेको बताए ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार