images
images

तेस्रो त्रैमाससम्म लघु निर्जीवन बीमा कम्पनीको प्रिमियम कलेक्सन साढे १५ करोड, कुन कम्पनीको कति ?

तेस्रो त्रैमाससम्म लघु निर्जीवन बीमा कम्पनीको प्रिमियम कलेक्सन साढे १५ करोड, कुन कम्पनीको कति ?

बिहिवार, बैशाख १३ २०८१
बिहिवार, बैशाख १३ २०८१
  • तेस्रो त्रैमाससम्म लघु निर्जीवन बीमा कम्पनीको प्रिमियम कलेक्सन साढे १५ करोड, कुन कम्पनीको कति ?

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमास लघु निर्जीवन बीमा कम्पनीले साढे १५ करोड रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेका छन् । 

    images
    images

    नेपाल बीमा प्राधीकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको साउनदेखि चैतमसान्तसम्म हाल सञ्चालनमा रहेको ४ वटा लघु निर्जीवन बीमा कम्पनीले १५ करोड ५३ लाख रुपैयाँको कुल बीमाशुल्क आर्जन गरेका हुन्। यस अवधीमा निर्जीवन बीमकले ६८ हजार ७७९ वटा बीमालेख जारी गरेका थिए । 

    समीक्षा अवधिसम्म सबैभन्दा बढी व्यवसाय गर्नेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले ३३ हजार ७०४ वटा बीमालेख जारी गरेर ६ करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

    यसैगरी दोस्रोमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले १५ हजार ६२३ वटा बीमालेख जारी गरेर ४ करोड ९८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

    त्यस्तै स्टार माइक्रो इन्स्योरेन्सले १६ हजार ६८६ वटा बीमालेख जारी गरेर ३ करोड २८ लाख रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्सले २ हजार ७६६ बीमालेख जारी गरेर ६३ लाख ५४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार