images
images

कुमारी बैङ्कको ‘परिवार सुरक्षा बचत खाता बीमा’को लोकप्रियता बढ्दो, ८ करोड बिमा रकम भुक्तानी

कुमारी बैङ्कको ‘परिवार सुरक्षा बचत खाता बीमा’को लोकप्रियता बढ्दो, ८ करोड बिमा रकम भुक्तानी

आइतवार, मंसिर १० २०८०
आइतवार, मंसिर १० २०८०
  • images
    images
    कुमारी बैङ्कको ‘परिवार सुरक्षा बचत खाता बीमा’को लोकप्रियता बढ्दो, ८ करोड बिमा रकम भुक्तानी
    images
    images

    काठमाडौँ / कुमारी बैङ्क लिमिटेडले सञ्चालनमा ल्याएको ‘परिवार सुरक्षा बचत खाता’को लोकप्रियता बढ्दो छ । उक्त योजना अन्तर्गत हालसम्म बैङ्कका ४ हजार ५ सय ग्राहकहरूलाई ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी प्रदान गरिएको छ । 

    images
    images

    कुमारी बैङ्कले विगत ४ वर्षदेखि परिवार सुरक्षा बचत खातामा सामान्य जाँच (ओपिडी), अस्पताल भर्ना भई उपचार गरेका तथा गम्भीर रोगहरूको उपचार एवं दुर्घटना मृत्यु बीमा वापत बैङ्कले बीमा कम्पनीहरू मार्फत सो रकम आफ्ना ग्राहकहरूलाई प्रदान गर्दै आएको छ । 

    बैङ्कको तथ्याङ्क अनुसार सो योजना अन्तरगत सहरि तथा ग्रामिण क्षेत्रबाट समेत ग्राहकहरू लाभान्वित भएका छन् । बाग्मती प्रदेशमा सर्वाधिक ३६ प्रतिशत दावी रकम भुक्तान गरिएको छ भने मधेश प्रदेश र गण्डकी प्रदेशमा क्रमशः ११ प्रतिशत र १० प्रतिशत तथा बाँकी रकम अन्य प्रदेशमा  भुक्तान भएको छ । 

    कुल बीमा भुक्तानीमध्ये बैङ्कले अस्पताल भर्ना बिमा वापत सर्वाधिक, ५४ प्रतिशत रकम  भुक्तानी गरेको छ ।  कुमारी परिवार सुरक्षा बचत खातामा खातावालासहित परिवारका चार जना सदस्यले २६ लाख रुपैयाँसम्मको बिमा सुविधा प्राप्त गर्ने भएकोले यो बचत खाता ग्राहकहरूमाझ अत्याधिक लोकप्रिय रेहेको छ । 

    विगत २२ वर्ष देखि निरन्तर बैङ्किङ्ग सेवा दिदै आएको कुमारी बैङ्कले  आफ्ना देशभर रहेका ३०९ शाखा सञ्जाल, ३१५ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ्ग ईकाईहरू मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार