images
images

माछापुच्छ्रे बैंकले सञ्चालनमा ल्यायो फिनपीओएस प्रविधि, साउन्डबाट पनि भुक्तानीको सुचना दिने

माछापुच्छ्रे बैंकले सञ्चालनमा ल्यायो फिनपीओएस प्रविधि, साउन्डबाट पनि भुक्तानीको सुचना दिने

मंगलवार, मंसिर १२ २०८०
मंगलवार, मंसिर १२ २०८०
  • माछापुच्छ्रे बैंकले सञ्चालनमा ल्यायो फिनपीओएस प्रविधि, साउन्डबाट पनि भुक्तानीको सुचना दिने

    काठमाडौँ / माछापुच्छ्रे बैंकले नेपालमा पहिलो पटक पीओएस मेसिनमा इन्स्ट्यान्ट पेमेन्ट नोटिफिकेसन प्रविधि (फिनपीओएस) को शुभारम्भ गरेको छ । यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक नेपालमै पहिलो बैंक भएको छ ।

    images
    images

    नेपालभरका फिनपोस ब्रान्डको मेसिनमा रिसिप्टको साथै ध्वनी (साउन्ड) बाट पनि भुक्तानीको सुचना दिने गरी बैंकले यो नविनतम प्रविधिको सुरुवात गरेको हो । अब माछापुच्छ्रे बैंकका फिनपीओएस मर्चेन्टहरु कार्ड, क्यूआर(नेपाल पे वा फोनपे) र एम स्मार्ट एनएफसी मार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी ध्वनी मार्फत हुने बताइएको छ ।

    जसले गर्दा सेवाग्राही तथा मर्चेन्टहरुमाझ कार्ड कारोबार प्रति लोकप्रियता एवम् विश्वासनियता अझ बढ्ने अपेक्षा गरिएको छ, साथै भविष्यमा नगदरहित कारोबारलाई समेत टेवा पुग्ने देखिन्छ ।

    यस सुविधाबाट माछापुच्छ्रे बैंकका हजारभन्दा बढी फिनपीओएस राख्ने मर्चेन्टहरु प्रत्यक्ष लाभान्वित हुने छन् । साथै, अन्य कुनै मर्चेन्टहरुलाई यो प्रविधि चाहिएमा माछापुच्छ्रे बैंकको ग्राहक सेवा केन्द्रमा सम्पर्क राखि उक्त सेवा सजिलै जडान गर्न सक्नेछन् ।

    यस बाहेक फरक फरक माध्यमहरु मार्फत डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन आफ्ना ग्राहकहरुका लागि नवीन उत्पादन र सेवाहरु ल्याउन माछापुच्छ्रे बैंक तत्पर रहेको छ । बैंकले नगदरहित बैकिङ्गलाई बढावा दिँदै पहिलो डिजिटल ‘स्मार्ट बैंकको रुपमा आफुलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडी बढि रहेको छ ।

    हाल बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार