images
images

हिमालयन र सिभिल क्यापिटलको एकीकृत कारोबार सुरु

हिमालयन र सिभिल क्यापिटलको एकीकृत कारोबार सुरु

शुक्रवार, मंसिर १५ २०८०
शुक्रवार, मंसिर १५ २०८०
  • हिमालयन र सिभिल क्यापिटलको एकीकृत कारोबार सुरु
    images
    images

    काठमाडौँ / हिमालयन क्यापिटलले सिभिल क्यापिटल मार्केटलाई प्राप्ति गरी मंसिर १५ गतेदेखि एकीकृत कारोबार गर्ने भएको छ । 

    दुवै कम्पनीका माउ संस्था (हिमालयन बैंक र सिभिल बैंक) एक आपसमा मर्ज भएपछि सहायक कम्पनीका रुपमा सञ्चालन भइरहेका कम्पनी पनि मर्ज भई एकीकृत कारोबार गर्न लागेका हुन् ।

    सिभिल क्यापिटल मार्केटलाई प्राप्ति गरेपश्चात् हिमालयन क्यापिटल लिमिटेडको नामबाट एकीकृत कारोबार संचालन हुने छ ।

    दुबै कम्पनीको गत भदौ २७ गते सम्पन्न छुट्टाछुट्टै विशेष साधारणसभाले मर्जर तथा एक्विजिशन सम्बन्धी प्रस्ताव पारित गरेका थिए । साथै, कम्पनी रजिष्ट्रारको कार्यालयले मंसिर १२ गते प्राप्ति गर्न स्वीकृति दिएको थियो ।

    त्यसैले सिभिल क्यापिटलको सम्पूर्ण सम्पत्ति तथा दायित्व समेत सकार गरि हिमालयन क्यापिटलको सञ्चालक समितिको बैठकको निर्णय गरेको हो ।

    हिमालयन बैंकको सहायक कम्पनीका रुपमा हिमालयन क्यापिटलले २०७६ साउन २६ गते कारोबार संचालन गर्दै आइरहेको छ । यस्तै, साविक सिभिल बैंकको सहायक कम्पनीका रुपमा सिभिल क्यापिटलले २०६५ चैत ३० गतेदेखि कारोबार गर्दै आएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार