चर्चित समाचार
  • प्रभु क्यापिटल र मेरिना ईम्पेक्सबीच सम्झौता, क्यापिटलका ग्राहकले २५ प्रतिशतसम्म छुट पाउने

    प्रभु क्यापिटल र मेरिना ईम्पेक्सबीच सम्झौता, क्यापिटलका ग्राहकले २५ प्रतिशतसम्म छुट पाउने

    आइतवार, मंसिर १७ २०८०
    आइतवार, मंसिर १७ २०८०
  • प्रभु क्यापिटल र मेरिना ईम्पेक्सबीच सम्झौता, क्यापिटलका ग्राहकले २५ प्रतिशतसम्म छुट पाउने

    काठमाडौँ / प्रभु क्यापिटल लिमिटेड र मेरिना ईम्पेक्स एन्ड टेलरिङ सेन्टरका बीचमा सम्झौता भएको छ । उक्त सम्झौता अनुसार प्रभु क्यापिटलका ग्राहकले मेरिना ईम्पेक्समा २५ प्रतिशतसम्म छुट पाउने भएक छन् । 

    सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले तथा मेरिना ईन्पेक्स एन्ड टेलरिङ सेन्टरको तर्फबाट प्रबन्ध निर्देशक मोहन मान जोशीले हस्ताक्षर गरेका छन् । 

    यस सम्झौता अनुसार अन्र्तगत प्रभु क्यापिटलमा हितग्राही खाता खोलेका ग्राहक महानुभावहरुले मेरिना ईम्पेक्स एन्ड टेलरिङ सेन्टरबाट सेवा लिदा २५ प्रतिशत छूट अफर पाउने भएका छन् ।

    यो अफरबाट लाभ लिन प्रभु क्यापिटलका हितग्राही ग्राहकहहरूले प्रभु क्यापिटलमा डिम्याट खाता रहेको आधिकारिक प्रमाण तथा आफनो् आई डी कार्ड प्रस्तुत गर्नुपर्नेछ जसको आधारमा ईम्पेक्सले ग्राहकलाई प्रिभिलेज कार्ड दिने कम्पनीले जनाएको छ । 

    यो अफर क्यापिटलका हितग्राही ग्राहकहरुले समझौता अवधिदेखि आगामी २ बर्ष अवधि १७ मंसिर २०८२ सम्मका लागि ईम्पेक्सको सम्पूर्ण शाखाहरुबाट प्राप्त गर्न सकिनेछ । यसले बागबजार, न्यूरोड, गाबाल, सामाखुशीमा रहेका ४ वटा आउटलेट मार्फत सेवा प्रदान गर्दछ ।

    प्रभु क्यापिटल र मेरिना ईन्पेक्स एन्ड टेलरिङ सेन्टरबीचको यो सम्झौताले क्यापिटलका ग्राहकहरूलाई शर्टिङ तथा सुटिङ तथा टेलरिङ सेन्टरको सेवामा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । “प्रभु क्यापिटलमा हितग्राही खाता खोलेका ग्राहकहरुका लागि प्रभावकारी रुपमा मर्चेन्ट बैकिङ्ग सेवा दिनुका अतिरिक्त ग्राहकलाई थप सन्तुष्टि दिन क्यापिटलले समय समयमा यस्ता व्यवसायिक समझौता गरी यस्ता छूट तथा अफर सुबिधा दिन समेत कम्पनी सधै अग्रसर रहेको छ” भनी प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले बताए । 

    प्रभु क्यापिटल लिमिटेड मर्चेन्ट बैंकमा अग्रणी क्यापिटल हो जसले समयानुसारकोे प्रविधि अपनाउँदै आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्ने, पूँजीबजारसँग सम्बन्धित सचेतना तथा तालिम कार्यक्रम गर्नुका साथै आफ्ना एचयमगअत हरु संगै गाँसी सामाजिक उत्तरदायित्व कार्य समेत वहन गर्दै आईरहेको छ । 

    मेरिना ईन्पेक्सले सन् १९८३ देखि ग्राहकको सेवामा गुणस्तर र प्रतिस्पर्धी मूल्यको साथ उत्कृष्ट सेवा प्रदान गर्ने एक अग्रणी सूट र शूर्टिंग टेलरिङ हो । मेरिना इम्पेक्सले ग्राहकलाई सूट, दौरा सुरुवाल, पार्टी वेयर, अफिस वेयर आदि उपलब्ध गराउँदछन् । to Complete your personality भन्ने लक्ष्य राखेको मेरिना ईम्पेक्सले स्तरीय कपडा र उच्चतम गुणस्तरीय सेवा दिनका साथै ग्राहकको व्यक्तित्व सुहाँउदो कपडा सिलाउनलाई सुझाव समेत दिने गर्दछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार