images
images

नेपाल बैंक र एक्जिम बैंक इन्डियाबीच सम्झौता, आयात कारोबारमा सहयोग पुग्ने

नेपाल बैंक र एक्जिम बैंक इन्डियाबीच सम्झौता, आयात कारोबारमा सहयोग पुग्ने

मंगलवार, मंसिर १९ २०८०
मंगलवार, मंसिर १९ २०८०
  • नेपाल बैंक र एक्जिम बैंक इन्डियाबीच सम्झौता, आयात कारोबारमा सहयोग पुग्ने

    काठमाडौँ / नेपाल बैंकले र एक्जिम बैंक इन्डियाबीच सम्झौता भएको छ । वित्तिय व्यापार क्षमता अभिवृद्धि गर्ने हेतुले ‘ट्रेड एसोसिएसन प्रोगाम’ अन्तर्गत सम्झौता भएको हो ।

    images
    images

    नेपाल बैंक भारतसँगको आयात कारोबारमा सहयोग गर्ने एक्जिम बैंकको साझेदार हुने पहिलो सरकारी बैंक पनि हो । नेपाल बैंकको वित्तीय व्यवस्थापन, सुशासन, जोखिम र अनुपालन र दुई देशबीचको चलिरहेको व्यापार कारोबारका विषयमा दुवै बैंकका वरिष्ठ व्यवस्थापनसँगको व्यापक छलफलपछि हस्ताक्षर भएको हो ।

    दुई संस्थाहरूबीचमा भएको हस्ताक्षर कार्यक्रममा बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत समता पन्तले भने, ‘हामी एक्जिम बैंक इन्डियासँग व्यापारिक सम्झौता गर्न पाउँदा खुसी छौं ।

    आगामी दिनमा सम्भावित व्यापारिक क्षेत्रको अध्ययन र पहिचान गरिनेछ । यो सहकार्यमा हामी हाम्रा ग्राहकहरूको व्यापारिक गतिविधिहरूलाई टेवा पुग्ने गरि कार्य गर्ने योजनामा छौं ।’

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार