images
images

एक बर्षमा राष्ट्र बैंकले कमायो ८७ अर्ब ६० करोड, २५ अर्ब सरकारलाई उपलब्ध गराउने

एक बर्षमा राष्ट्र बैंकले कमायो ८७ अर्ब ६० करोड, २५ अर्ब सरकारलाई उपलब्ध गराउने

मंगलवार, मंसिर १९ २०८०
मंगलवार, मंसिर १९ २०८०
  • images
    images
    एक बर्षमा राष्ट्र बैंकले कमायो ८७ अर्ब ६० करोड, २५ अर्ब सरकारलाई उपलब्ध गराउने

    काठमाडौँ / गत आर्थिक बर्ष २०७९/८० मा नेपाल राष्ट्र बैंकले ८७ अर्ब भन्दा बढि नाफा कमाएको छ । 

    images
    images

    राष्ट्र बैंकको लेखापरिक्षण गरिएको वित्तीय विवरण अनुसार बैंकले आर्थिक वर्ष ७९/८० मा ८७ अर्ब ६० करोड ३७ लाख ४५ हजार ४ सय ४८ रुपैयाँ खुद नाफा कमाएको हो । अघिल्लो वर्षको तुलनामा राष्ट्र बैंकको खुद नाफा २९.२५ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक बर्ष २०७८/७९ मा राष्ट्र बैंकको खुद नाफा ६१ अर्ब ९८ करोड ७ लाख १३ हजार रुपेयाँ रहेको थियो । 

    यो नाफा बैंकसँग मौज्दात रहेको सुन, चाँदी तथा विदेशी मुद्रा सञ्चितिको अहिले मूल्य अनुसार गरिएको मूल्यांकनको आधारमा समेत भएको हो । 

    अहिलेको मूल्य अनुसार मौज्दात रहेको सुन, चाँदीमा राष्ट्र बैंकलाई १७ अर्ब ११ करोड र विदेशी मुद्रामा १० अर्ब रूपैयाँ नाफा छ । यसबाहेक पनि बैंकको ६० अर्ब ४८ करोड रूपैयाँ नाफा भएको छ । जबकी अघिल्लो वर्ष बैंकको यस्तो नाफा २८ अर्ब ४२ करोड रूपैयाँ छ ।

    बैंकको खुद ब्याज आम्दानी ३३ अर्बबाट बढेर ६२ अर्ब रूपैयाँ पुगेको छ । विदेशी मुद्रामा भएको खुद ब्याज आम्दानी ४७ अर्ब २२ करोड र घरेलु मुद्रामा रहेको वित्तीय सम्पत्तिबाट भएको खुद ब्याज आम्दानी १५ अर्ब ३४ करोड रूपैयाँ छ ।

    यस्तै, आर्थिक वर्ष २०७९/८० मा बैंकको खुद सञ्चालन आम्दानी अघिल्लो वर्षको तुलनामा ८६.५७ प्रतिशतले वृद्धि भई ६६ अर्ब ९२ करोड ७१ लाख ३३ हजार कायम भएको छ । अब २०७८/७९ मा यस्तो आम्दानी ३५ अर्ब ८७ करोड २१ लाख ४७८ हजार थियो ।

    बैंकले ४ अर्ब ४८ करोड खुद अन्य आम्दानी गरेको छ । फि, कमिसनबाट १२ करोड, सुनको कारोबारबाट ५८ करोड, विदेशी मुद्राको कारोबारबाट २ अर्ब ४३ करोड कमाएको छ ।

    बैंकको कर्मचारी खर्च ३ अर्ब ४८ करोडबाट बढेर ३ अर्ब ९२ करोड पुगेको छ । बैंकका गभर्नर, डेपुटी गभर्नर लगायतको पारिश्रमिक र भक्ता दुवै बढेको छ । गभर्नरको पारिश्रमिक भने १३ लाख ९४ हजारबाट बढेर १६ लाख ३२ हजार पुगेको छ ।

    १८ लाख बराबर भक्ता बुझेका गभर्नरले गत आर्थिक वर्षमा भने ४४ लाख रूपैयाँ भक्तालगायत बुझेका छन् । गभर्नर र डेपुटी गभर्नरको पारिश्रमिक सहित समग्रमा सञ्चालक समितिलाई एक करोड ७५ लाख खर्चिएको राष्ट्र बैंकले यसपटक भने २ करोड ४ लाख खर्चिएको छ । 

    गत कात्तिक २२ गते बैंकको सञ्चालक समितिको बैठकले उक्त मुनाफाबाट विभिन्न आवश्यक कोषहरूमा छुट्ट्याउनु पर्ने रकम विनियोजन गरी बाँकी बचत रकम २५ अर्ब नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार