काठमाडौँ / पछिल्लो दुई दिन घटेर कारोबार भएको सुनचाँदीको मूल्य आज बिहीबार भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यसअघिको तुलनामा आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको हो ।
यसअघि प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बढेर आज १ लाख १८ हजार ६ सय रुपैयाँ पुगेको छ । त्यस्तै, प्रतितोला १ लाख १७ हजार ८ सय ५० रुपैयाँ पर्ने तेजावी सुनको भाउ आज बढेर १ लाख १८ हजार ५० रुपैयाँ पुगेको छ ।
यता, चाँदीको मूल्यमा समेत वृद्धि भएको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ४ सय ८० रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ४ सय ६० रुपैयाँ पर्नेछ ।