images
images

आगामी तीन दिनसम्म यी प्रदेशहरूमा बर्षा र हिमपातको सम्भावना

आगामी तीन दिनसम्म यी प्रदेशहरूमा बर्षा र हिमपातको सम्भावना

शुक्रवार, मंसिर २२ २०८०
शुक्रवार, मंसिर २२ २०८०
  • images
    images
    आगामी तीन दिनसम्म यी प्रदेशहरूमा बर्षा र हिमपातको सम्भावना

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापिय क्षेत्रको आंशिक प्रभाव  रहेको छ । 

    images
    images

    हाल कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली तथा देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्स/कुहिरो लागेको छ ।

    शुक्रबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी भूभागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    शनिबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 

    कोशी प्रदेशको पहाडी भूभागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    आइतबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतयाः सफा रहनेछ। 

    कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै, कोशी  र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    देशभरीको तापक्रममा गिरावट आउनसक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार