images
images

आजको मौसम देशभरको तापक्रममा गिरावट, उच्च हिमाली क्षेत्रमा हिमपात

आजको मौसम देशभरको तापक्रममा गिरावट, उच्च हिमाली क्षेत्रमा हिमपात

आइतवार, मंसिर २४ २०८०
आइतवार, मंसिर २४ २०८०
  • images
    images
    आजको मौसम देशभरको तापक्रममा गिरावट, उच्च हिमाली क्षेत्रमा हिमपात

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार  आज आइतबार मंसिर २४ गते नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको जनाएको छ । चिसोका कारण देशभरको तापक्रम गिरावट आउन थालेको विभागले जनाएको छ । उच्च हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने अनुमान समेत विभागको छ । 

    images
    images

    हाल देशका पहाडी भू–भागमा आंशिक बदली  रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको । तराईका थोरै स्थानहरूमा हुस्स कुहिरो लागेको छ।

      

    आइतबारको मौसम

    दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी  र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

     

    राती  कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।  

     सोमबारको मौसम

    दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

     

    रातीःदेशको पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

      

    मंगलबारको मौसम  

    दिउँसोः गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र  लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। 

    गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

     गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपात तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

     

    रातीः देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी,  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

     

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

    कोशी  र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। देशभरको तापक्रममा केही गिरावट आउन सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन भनेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार