images
images

लुम्बिनी विकास बैंकद्वारा ८.५० प्रतिशत लाभांश घोषणा, बोनस सेयर कति ?

लुम्बिनी विकास बैंकद्वारा ८.५० प्रतिशत लाभांश घोषणा, बोनस सेयर कति ?

मंगलवार, मंसिर २६ २०८०
मंगलवार, मंसिर २६ २०८०
  • images
    images
    लुम्बिनी विकास बैंकद्वारा ८.५० प्रतिशत लाभांश घोषणा, बोनस सेयर कति ?

    काठमाडौँ / लुम्बिनी विकास बैंकले आफ्ना लगानीकर्तालाई ८.५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । आज बसेको कम्पनीको ४६१औं सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट साढे ८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।

    images
    images

    बैंकले लगानीकर्तालाई ४.५० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । ४.५० प्रतिशतका दरले हुन आउने १५ करोड २२ लाख २६ हजार रुपैयाँ नगद लाभांश र ४ प्रतिशतका दरले १३ करोड ५३ लाख १२ हजार रुपैयाँ बराबरको बोनस सेयर दिने छ ।

    बैंकको सञ्चालक समितिले गरेको लाभांश वितरणको प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गर्नुपर्ने छ । यस्तै, बैंकको आगामी वार्षिक साधारण सभाले समेत पारित गर्नुपर्ने छ । गत वर्षको असार मसान्तसम्मको अवधिमा बैंकको चुक्ता पुँजी ३ अर्ब ३८ करोड २८ लाख रुपैयाँ छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार