images
images

एक वर्षमा राष्ट्र बैंकले गर्‍यो ३ हजार बढी वित्तीय गुनासा समाधान

एक वर्षमा राष्ट्र बैंकले गर्‍यो ३ हजार बढी वित्तीय गुनासा समाधान

बुधवार, बैशाख २६ २०८१
बुधवार, बैशाख २६ २०८१
  • images
    images
    एक वर्षमा राष्ट्र बैंकले गर्‍यो ३ हजार बढी वित्तीय गुनासा समाधान

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले गएको एक वर्षमा ३ हजार ७६ वटा वित्त मुद्दा सम्बन्धी उजुरीको समाधान गरेको छ । 

    images
    images

    २०८० वैशाख १ देखि चैत ३१ गतेसम्म प्राप्त उजुरी मध्ये ३ हजार ७६ वटा उजुरी तथा गुनासोको समाधान गरेको केन्द्रीय बैंकले जनाएको हो । 

    खासगरी कर्जा, कर्जाको ब्याजदर, कालोसूची र विद्युतीय भुक्तानी सम्बन्धी कसुरमा बढी उजुरी आएको केन्द्रीय बैंकले जनाएको छ । 

    वित्तीय ग्राहक संरक्षण इकाइले अनलाइन पोर्टल, टेलिफोन, इमेल, हेलो सरकारका सार्थ लिखित निवेदन र कार्यालयमै आएर दर्ता गराएका निवेदनमार्फत ग्राहकका गुनासो र विभिन्न समस्या, प्रश्न, जिज्ञासा, सुझावहरूको सम्बोधन गरिएको बैंकले जनाएको छ । 

    कूल निवेदन मध्ये ७४ प्रतिशत अनलाइन पोर्टलमार्फत प्राप्त भएको जनाएको बैंकले १६ प्रतिशत टेलिफोन, इमेल, हेलो सरकारको माध्यमबाट र १० प्रतिशत लिखित निवेदन प्राप्त भएको बैंकले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार