images
images

मौद्रिक नीतिको समीक्षापछि अर्थतन्त्र सुधार हुँदै गएको अर्थमन्त्रीको दाबी

मौद्रिक नीतिको समीक्षापछि अर्थतन्त्र सुधार हुँदै गएको अर्थमन्त्रीको दाबी

सेयर बजार बैंक तथा वित्तिय क्षेत्रमा परेको सकारात्मक प्रभावलाई आधार मान्दै अर्थतन्त्र सुधार भएको अर्थमन्त्रीको दाबी

बिहिवार, मंसिर २८ २०८०
बिहिवार, मंसिर २८ २०८०
  • images
    images
    मौद्रिक नीतिको समीक्षापछि अर्थतन्त्र सुधार हुँदै गएको अर्थमन्त्रीको दाबी

    काठमाडौँ / अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नीतिको समीक्षापछि अर्थतन्त्रमा सुधार आउन थालेको दाबी गरेका छन् । 

    images
    images

    उनले बुधबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मौद्रिक नीतिको समीक्षामार्फत मुलुकको अर्थतन्त्रले सही बाटो समाएको बताउँदै थप आर्थिक सुधारका साथ आगामी बजेट तर्जुमाको गृहकार्य सुरु भइसकेको उल्लेख गरे । 

    राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत मौद्रिक व्यवस्थापनमा खुकुलो नीति लिएको छ । जसका कारण सेयर बजारमा देखिएको वृद्धि, बैंक तथा वित्तिय क्षेत्रमा परेको सकारात्मक प्रभावलाई आधार मान्दै उनले यस्तो दाबी गरेका हुन् । 

    उनले मौद्रिक नीतिबाट ब्याजदर घट्नु अर्थतन्त्र सुधारको बलियो आधार भएको बताए । यस क्रममा सेयर बजारमा आएको उत्साहले समेत अर्थतन्त्रमा सकारात्मक सङ्केत देखिएको उनको भनाई छ ।

    ‘बैंकको ब्याजदर घट्नु र राजस्व सङ्कलनमा सुधार देखिनु अर्थतन्त्रमा सकारात्मक सङ्केतको लक्षण हो,’ उनले भने,  ‘सबै सुधारका प्रयासले नतिजा दिन केही समय लाग्छ । मिडिया जगतबाट समेत अर्थतन्त्रमा देखिएका सकारात्मक संकेतको यथार्थ सूचना प्रवाहमा मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छु । यसले अर्थतन्त्रमा थप आत्मविश्वास कायम गर्नेछ ।’

    अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच निरन्तर छलफल र समन्वयबाट मौद्रिक नीतिलाई क्रमशः खुकुलो बनाउँदै लगिएको अर्थमन्त्री महतको भनाइ छ । ‘हालै भएको मौद्रिक नीतिको चौमासिक समीक्षाबाट महत्वपूर्ण परिवर्तन भएको छ,’उनले भने, ‘सार्वजनिक संस्थान सुधारका लागि गृहकार्य भइरहेको छ । निजीकरण समितिलाई क्रियाशील बनाई काम अगाडि बढाइएको छ ।’  

    कार्यभार सम्हाल्दा अधिकांश परिसूचक अनुकूल अवस्थामा थिएन ! 

    बुधबार पत्रकार सम्मेलनमा आर्थिक सुधारको सूचक प्रस्तुत गरिरहँदा उनले कार्यभार सम्हाल्दा अधिकांश परिसूचक अनुकूल अवस्थामा नरहेको बताएका छन् । 

    उनले भने, ‘मैले अर्थमन्त्रीको कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक अनुकूल अवस्थामा थिएनन् । कोभिडको समयमा लिइएको खुकुलो मौद्रिक तथा वित्त नीतिका कारण घरजग्गा, सेयर र वस्तु आयाततर्फ उच्च कर्जा प्रवाह भएकोमा विदेशी विनियम सञ्चितिमा परेको चापलाई समाधान गर्न भनी लिइएको नियन्त्रणकारी मौद्रिक नीतिले गर्दा कर्जा प्रवाह विस्तार हुन नसकेको अवस्था थियो ।’

    सुधारका प्रयासले आर्थिक क्रियाकलाप क्रमशः चलायमान हुन थालेको अर्थमन्त्री महतको भनाइ छ ।

    यस्तो छ वर्तमान आर्थिक अवस्था र परिणामहरु

    यस अवधिमा पुँजीगत खर्चतर्फ करीब ६.० प्रतिशत वृद्धिदर रहेको अर्थ मन्त्रालयले जनाएको छ । त्यसैगरी भन्सार महसुल तर्फ करीब १३ प्रतिशत, मूल्य अभिवृद्धि कर तर्फ करीब ७.१९ प्रतिशत, आयकर तर्फ करीब १२ प्रतिशत र समग्र कर राजस्व तर्फ ७.५७ प्रतिशत वृद्धिदर कायम रहेको छ ।

    वित्तीय क्षेत्र तर्फ मौद्रिक नीति मार्फत नीतिगत दर ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत, बैंक दरलाई ७.५ प्रतिशतबाट ७ प्रतिशत र निक्षेप संकलनको बोलकबोल दर ४.५ प्रतिशतबाट ३.० प्रतिशत कामय गरिएको छ । जसबाट ब्याजदर क्रमशः घट्दै गएको छ । हाल अन्तर बैंक दर २.५ प्रतिशतको हाराहारीमा रहेको छ ।

    २०७९ चैत्र महिनामा बाणिज्य बैंकहरुको औषत आधार दर १०.४८ प्रतिशत रहेको २०८० असोज मसान्तमा बाणिज्य बैंकहरुको औषत आधार दर ९.९४ प्रतिशत रहेको छ । २०७९/८० को पहिलो चार महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा ६८.५५ अर्ब रुपैयाँ रहेकोमा यस वर्ष यस अवधिमा १३० अर्ब रुपैयाँ पुगेको छ । 

    निक्षेप तर्फ २०७९/८० को पहिलो चार महिनामा ४६.७४ अर्ब रुपैयाँ रहेकोमा यस वर्ष सोही अवधिमा २४४ अर्ब रुपैयाँ पुगेको छ । मौद्रिक नीतिमा हालै गरिएको परिवर्तनले बैंक तथा वित्तीय क्षेत्रमा परेको सकारात्मक प्रभाव क्रमशः आर्थिक क्रियाकलापमा प्रतिबिम्वित हुँदैछ । घरजग्गा र शेयर कारोवार बढ्न शुरु भएको छ । हालै शेयर बजारमा आएको उत्साहले सकारात्मक संकेत गरेको छ । 

    त्यसैगरी २०८० चैत्र सम्म समस्यामा परेका ऋणीहरुलाई कर्जाको पुनर्संरचना गर्ने अवधि दिइएको छ । साथै, हाल घट्दो व्याजदरले विविध कारणले बैंक ऋण तिर्न नसकेका व्यवसायीलाई राहत दिनेछ । सम्झौता बमोजिम काम सम्पन्न भई अर्थ मन्त्रालयमा प्राप्त निर्माण व्यवसायीलाई भुक्तानी दिन बाँकी रकमको अधिकांश दायित्व व्यवस्थापन गरिसकिएको छ ।

    अर्थतन्त्रको वाह्य क्षेत्रका परिसूचकहरु अनुकूल बनेका छन् । २०८० असोज मसान्तसम्म चालु खाता ५९ अर्ब रुपैयाँले बचतमा रहेको, ९९ अर्ब रुपैयाँले सोधनान्तर बचतमा रहेको र १२ अर्ब ३३ करोड अमेरिकी डलर विदेशी विनिमय संचिति रहेको छ । विप्रेषणको आप्रवाह २०८० असोजमसम्ममा ३० प्रतिशले बढेकोले वाह्य क्षेत्र सन्तुलनको अवस्था राम्रो रहेको छ ।

    चालु आर्थिक वर्षमा पर्यटक आगमनमा उत्साहजनक वृद्धि भई २०२३ को हालसम्म ९ लाख ५४ हजार पर्यटक आगमन भएको छ जुन अहिलेसम्मकै उच्च हो । चालु आर्थिक वर्षमा करीब ९०० मेगावाट जलविद्युत राष्ट्रिय प्रशारणमा जोडिने क्रममा रहेको छ ।

    आगामी कार्यदिशा

    सरकारले सुरु गरेका आर्थिक र बजेट प्रणाली सुधारका कार्यक्रमलाई अझ विस्तार गरिने उनले बताए । अल्पकालमा सरकार र निजी क्षेत्र बिच उच्च स्तरको समन्वय कायम गरी हाल अर्थतन्त्रमा देखिएको सकारात्मक अवस्थालाई उपभोग र लगानीमा प्रतिबिम्बित गराउने, सरकारको खर्चमा मितव्ययिता कायम गर्दै सरकारी लगानीमा विद्यमान अवरोध फुकाउने, मुलुकको पश्चिम क्षेत्रमा आएको भूकम्पबाट प्रभावितहरूलाई तत्काल राहत र अस्थायी आवासको व्यवस्था गर्ने, ध्वस्त संरचनाको छिटो पुनर्संरचना गर्ने र युवाहरूलाई स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गर्दै अपेक्षित आर्थिक वृद्धिदर हासिल गर्न जोड दिने उनले बताए ।

    यस्तै, उनले आगामी वैशाख ९ र १० गते सरकारले लगानी सम्मेलनको घोषणा गरिएअनुरूप सम्मेलनअघि नै लगानीसँग सम्बन्धित कतिपय नीतिगत र कानुनी सुधार अगाडि बढाइने बताए  । उनले भने, ‘लगानी सम्मेलनमा तुलनात्मक लाभका र आयात प्रतिस्थापन गर्न सकिने क्षेत्रमा सम्भावित लगानीकर्ताको उपस्थितिमा सार्थक लगानी सम्मेलन गर्न सरकार लागिपरेको छ ।’

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार