काठमाडौँ / कुमारी बैंकले पुसका लागि ब्याजदर घटाएका छन्।बैंकले आज पुस महिनामा लागू हुने ब्याजदर घटाएर प्रकाशित गरेको हो ।
कुमारी बैंकले मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा ०.७० प्रतिशतको विन्दुमा घटाएको छ। बैंकले पुसमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएर ९.३१ प्रतिशत र संस्थागत ७.३१ प्रतिशत कायम गरेको छ। मंसिरमा क्रमशः १०.०१ प्रतिशत र ८.०१ प्रतिशत थियो।