images
images

महालक्ष्मी विकास बैंकले पनि घटायो ब्याजदर, कुनमा कति ?

महालक्ष्मी विकास बैंकले पनि घटायो ब्याजदर, कुनमा कति ?

शुक्रवार, मंसिर २९ २०८०
शुक्रवार, मंसिर २९ २०८०
  • महालक्ष्मी विकास बैंकले पनि घटायो ब्याजदर, कुनमा कति ?

    काठमाडौँ / महालक्ष्मी विकास बैंकले ब्याजदर घटाएको छ । बैंकले आज मंसिर २८ गतेदेखि लागू हुनेगरी ब्याजदर घटाएको हो ।

    images
    images

    बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खाताको निक्षेपमा बैंकले ४.३० प्रतिशत देखि ६.३० प्रतिशतसम्म ब्याज दिने भएको छ । बैंकले कर्मचारी बचत खातामा ६.३० प्रतिशत ब्याज दिने भएको हो । यसअघि बैंकले यस्तो बचतमा ४ं।४० प्रतिशतदेखि ६.४० प्रतिशतको ब्याजदर प्रदान गर्दै आएको थियो । 

    त्यस्तै बैंकले मुद्दती निक्षेपमा व्यक्तिगत तर्फ ८ प्रतिशतदेखि १०.३० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । बैंकले दुई वर्षभन्दा माथिको समयावधिको लागि रेमिट्यान्स खातामा सर्वाधिक १०.३० प्रतिशत ब्याज दिने जनाएको छ । त्यस्तै एक देखि २ वर्षको रेमिट्यान्स मुद्दती खातामा १० प्रतिशत र ६ महिनादेखि एक वर्ष समयावधिको ९.५० प्रतिशत ब्याज दिने भएको हो । त्यस्तै बैंकले ३ देखि ६ महिनाको रेमिट्यान्स खातामा ९ प्रतिशत ब्याजदर  निर्धारण गरेको छ । 

    त्यस्तै ३ देखि ६ महिनाको व्यक्तिगत मुद्दतीमा ८ प्रतिशत, ६ देखि १ वर्षको मुद्दतीमा ८.५० प्रतिशत, एक देखि दुई वर्ष समयवाधिको लागि ९ प्रतिशत र दुई वर्षभन्दा माथिको समयका लागि ९.५ प्रतिशत ब्याजदर तोकिएको छ । 

    त्यस्तै बैंकले संस्थागत मुद्दती खाताका ६.५ प्रतिशतदेखि ७.३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि बैंकले व्यक्तिगत मुद्दतीमा देखि १०.४० प्रतिशत र संस्थागतका लागि ७.४ प्रतिशतसम्म ब्याज प्रदान गर्दै आएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार