images
images

बैंकिङ प्रणालीबाट थप १० अर्ब खिच्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?

बैंकिङ प्रणालीबाट थप १० अर्ब खिच्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?

शुक्रवार, मंसिर २९ २०८०
शुक्रवार, मंसिर २९ २०८०
  • images
    images
    बैंकिङ प्रणालीबाट थप १० अर्ब खिच्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?

    काठमाडौँ / अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले फेरि बैंकिङ प्रणालीबाट १० अर्ब रुपैयाँ तान्ने भएको छ।

    images
    images

    केन्द्रीय बैंकले आउँदो पुस १ गते फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट १० अर्ब रुपैयाँ खिच्ने भएको हो । 

    यसका लागि आउँदो आइतबार २ बजे बोलकबोल हुनेछ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

    सातदिने यो निक्षेप संकलन उपकरणको पुस ८ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

    यो मंसिर महिनामा भने राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न आठपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट १ खर्ब २५ अर्ब रुपैयाँ तानिसकेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार