काठमाडौँ / कुमारी बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
कम्पनीको मंसिर २८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० मा लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो ।
बैठकले २०८० र३र३१ को वासलात, २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।