images
images

कामना सेवाको प्रमुख व्यवसाय अधिकृतमा दीपेन्द्र सुवेदी

कामना सेवाको प्रमुख व्यवसाय अधिकृतमा दीपेन्द्र सुवेदी

शुक्रवार, मंसिर २९ २०८०
शुक्रवार, मंसिर २९ २०८०
  • कामना सेवाको प्रमुख व्यवसाय अधिकृतमा दीपेन्द्र सुवेदी

    काठमाडौँ / कामना सेवा विकास बैंकको प्रमुख व्यवसाय अधिकृतमा दीपेन्द्र सुवेदी नियुक्त भएका छन् ।  प्रमुख व्यवसाय अधिकृत सुवेदीलाई बैकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले स्वागत गरे । करिब १७ वर्षको बैंकिङ अनुभव भएका सुवेदीले शुक्रवार आफ्नो पद बहाली गरेका हुन् । 

    उक्त स्वागत तथा पदवहाली कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहाल लगायत अन्य उच्च पदस्थ कर्मचारीहरूको उपस्थिती रहेको थियो । सुवेदी कामना सेवामा आउनु भन्दा अगाडि सांग्रीला डेभलपमेण्ट बैंकमा कार्यरत रहेका थिए । 

    सुवेदीको नियुक्तिले बैंकको आफ्नो व्यवसाय वृद्धिमा उल्लेख्य टेवा पुग्ने विश्वास बैंकले लिएको छ । हाल देशभरका विभिन्न स्थानमा रहेका १३५ वटा सञ्जाल, ७७ वटा एटिएमवाट बैंकले आफ्नो अत्याधुनिक सेवा सुविधाहरू प्रदान गर्दै आइरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार