images
images

पश्चिमी वायुको प्रभाव कमजोर, चिसो बढेपनि मौसम सामान्यतया सफा रहने

पश्चिमी वायुको प्रभाव कमजोर, चिसो बढेपनि मौसम सामान्यतया सफा रहने

आइतवार, पुस १ २०८०
आइतवार, पुस १ २०८०
  • पश्चिमी वायुको प्रभाव कमजोर, चिसो बढेपनि मौसम सामान्यतया सफा रहने

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ।

    हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। देशको तराईको थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ ।

     दिउँसोस् गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम  सामान्यतया सफा रहनेछ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

     
    पुस ०१ गते आइतबार

    दिउँसो लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। 

    राती  लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

     पुस ०२ गते सोमबार

    दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।   

    राती  कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा बदली देखि मौसम सामान्यतया सफा रहनेछ। 

    कर्णाली, गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। चिसोबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन भनेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार