images
images

कामना सेवा विकास बैंकले तिर्‍यो २ करोड ६२ लाख कर

कामना सेवा विकास बैंकले तिर्‍यो २ करोड ६२ लाख कर

आइतवार, पुस १ २०८०
आइतवार, पुस १ २०८०
  • कामना सेवा विकास बैंकले तिर्‍यो २ करोड ६२ लाख कर
    images
    images

    काठमाडौँ / कामना सेवा विकास बैंकले २ करोड ६२ लाख ६६ हजार ५८६ रुपैयाँ कर तिरेको छ । बैंकले एफपीओमा जारी गरेको कर र मर्जर तथा प्राप्तिबापतको कर बुझाएको हो ।

    बैंकले दिएको जानकारीअनुसार साढे २ करोडभन्दा धेरै कर ठुला करदाता कार्यालयमार्फत सरकारमा बुझाएको छ । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत मर्जर तथा प्राप्ति र एफपीओमा कर लगाउने निर्णय गरेको थियो ।

    महालेखाको कार्यालयले पटक–पटक प्रश्न उठाए पनि यसबापतको कर उठाउन सरकारले सकेको थिएन । तर, बजेटमार्फत नै व्यवस्था गरिएपछि कर बुझाउनुपर्ने बैंक तथा वित्तीय संस्थाहरू अदालतको सरणमा पुगेका थिए ।

    अदालतले समेत सरकारकै पक्षमा फैसला गरेपछि बैंक तथा वित्तीय संस्थाले मर्जर तथा प्राप्ति र एफपीओमार्फतको कर बुझाउन थालेका हुन् । यसबापत राज्य कोषमा दुई दिनको अवधिमा १३ अर्ब रुपैयाँ हाराहारीको कर संकलन भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार