images
images

नेपाल ल्यूव आयल ३२औं साधारणसभा पुस २५ गते, लाभांश प्रस्ताव पारित गरिने

नेपाल ल्यूव आयल ३२औं साधारणसभा पुस २५ गते, लाभांश प्रस्ताव पारित गरिने

सोमवार, पुस २ २०८०
सोमवार, पुस २ २०८०
  • नेपाल ल्यूव आयल ३२औं साधारणसभा पुस २५ गते, लाभांश प्रस्ताव पारित गरिने

    काठमाडौँ / नेपाल ल्यूव आयलले ३२ औँ बार्षिक साधारण सभा पुस २५ गते गर्ने निर्णय गरेको छ । 

    images
    images

    कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा पुस २५ गते गर्ने निर्णय गरेको हो । सभा बिहान साढे ११ बजे काठमाडौँमा हुने कम्पनीले जनाएको छ । 

    सभाले गत वर्षको नाफाबाट ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारिुत गर्नेछ । कम्पनीले गत आर्थिक वर्ष २०७९र८०को नाफाबाट हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।

    कम्पनीको सभाले बोनस सेयर वितरण स्वीकृतपश्चात् पुँजी वृद्धि र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधनको प्रस्ताव पारित गर्नेछ ।

    कम्पनीले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर पुस १० गतेदेखि पुस २४ गतेसम्म सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पुस ९ गतेसम्म कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार