काठमाडौँ / पोखरा फाइनान्स लिमिटेडले यस वर्ष लाभांश नदिने निर्णय गरेको छ । पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण भने आगामी वार्षिक साधारण सभामा स्वीकृतिका लागि पेस गर्ने निर्णय पनि कम्पनीले गरेको छ । विगतका वर्षहरूमा निरन्तर लाभांश वितरण गरेको कम्पनीले यस वर्ष भने लगानीकर्ताको हात खाली बनाउने भएको हो ।
गत वर्ष भने कम्पनीले ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २१ प्रतिशत नगद लाभांश दिएको थियो ।