images
images

अमेरिकी डलर, युरोदेखि कतारी रियालसम्मको भाउ बढ्यो, हेर्नुस् विनिमय दर

अमेरिकी डलर, युरोदेखि कतारी रियालसम्मको भाउ बढ्यो, हेर्नुस् विनिमय दर

शुक्रवार, पुस ६ २०८०
शुक्रवार, पुस ६ २०८०
  • अमेरिकी डलर, युरोदेखि कतारी रियालसम्मको भाउ बढ्यो, हेर्नुस् विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर, युरोदेखि कतारी रियालसम्मको भाउ बढेको छ । यसअघि एकको खरिदमा १३२ रुपैयाँ ७८ पैसा र बिक्रीमा १३३ रुपैयाँ ३८ पैसा तोकिएकोमा आज बढेर खरिदमा १३२ रुपैयाँ ९५ पैसा र बिक्रीमा १३३ रुपैयाँ ५५ पैसा पुगेको छ । 

    यसैगरी युरोपियन युरो एकको खरिदमूल्य १४५ रुपैयाँ २७ पैसा र बिक्रीमूल्य १४५ रुपैयाँ ९३ पैसा रहेकोमा आज बढेर १४५ रुपैयाँ ७९ पैसा र बिक्रीमा १४६ रुपैयाँ ४४ पैसा तोकिएको छ ।

    जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३० पैसा र बिक्रीमा ९ रुपैयाँ ३४ पैसा पुगेको छ । यसअघि १० को खरिदमा ९ रुपैयाँ २६ पैसा र बिक्रीमा ९ रुपैयाँ ३० पैसा तोकिएको थियो ।

    त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५५ पैसा रहेकोमा आज बढेर खरिदमा ३५ रुपैयाँ ४४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६० पैसा पुगेको छ भने कतारी रियाल एकको खरिदमा एकको खरिदमूल्य ३६ रुपैयाँ ४७ पैसा र बिक्रीमूल्य ३६ रुपैयाँ ६४ पैसा पुगेको छ । यसअघि एकको खरिदमूल्य ३६ रुपैयाँ ४३ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६० पैसा रहेको थियो । 

    मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ५६ पैसा र बिक्रीमा २८ रुपैयाँ ६९ पैसा र साउथ कोरियन वन १०० को खरिदमूल्य १० रुपैयाँ २० पैसा र बिक्रीमूल्य १० रुपैयाँ २३ पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार