images
images

पोखरामा पुस १२ गतेदेखि पाँच दिनसम्म २५ औँ पोखरा सडक महोत्सव हुने, केके छन् आकर्षण ?

पोखरामा पुस १२ गतेदेखि पाँच दिनसम्म २५ औँ पोखरा सडक महोत्सव हुने, केके छन् आकर्षण ?

शुक्रवार, पुस ६ २०८०
शुक्रवार, पुस ६ २०८०
  • पोखरामा पुस १२ गतेदेखि पाँच दिनसम्म २५ औँ पोखरा सडक महोत्सव हुने, केके छन् आकर्षण ?

    काठमाडौँ / पर्यटकीय सुन्दर नगरी पोखराको लेकसाइड क्षेत्रमा रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराले अङ्ग्रेजी नयाँ बर्षको अवसरमा सडक महोत्सवको आयोजना गर्ने भएको छ । यस वर्ष २५ औँ वर्षमा पुग्न सफल भएको उपलक्ष्यमा महोत्सवको रजत जयन्ती भव्य रूपमा मनाउने तयारीमा जुटेको रेवानले जानकारी दिएको छ । 

    images
    images

    पोखराको पर्यटन प्रवर्द्धनमा एउटा वेग्लै पहिचान बनाउन सफल सो महोत्सवले विगतका वर्षहरूमा राजनैतिक अस्थिरता, भुकम्प, नाकाबन्दी र कोरोना महामारीलगायत थुप्रै आरोह अवरोहको सामना गरेर पनि महोत्सवलाई निरन्तरता दिँदै आएको २५औँ पोखरा सडक महोत्सवका संयोजक विश्वराज पौडेलले बताए ।
    । 

    आन्तरिक तथा बाह्य पर्यटकलाई ‘अङ्ग्रेजी नयाँ बर्षको गन्तव्य स्थल’को रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले पुस १२ गतेदेखि १६ गतेसम्म पोखराको लेकसाइड क्षेत्रको करिब ३ किमिक्षेत्रमा महोत्सव हुने भएको हो । 

    ‘सडक मै खाउ, सडक मै रमाउँ’भन्ने उद्देश्यका साथ आयोजना हुने महोत्सवमा मुख्य आर्कषणको रूपमा विभिन्न जातजातीको साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रर्दशनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन हुनेछ ।

    त्यस्तै, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रीकालिन कन्सर्ट, बोट रेस, वेटर रेस, टग अफ वार, भलिबल प्रतियोगिता, सचेतनामूलक सडक नाटक, सेल्फी फोटो सुट, पोखराको पर्यटनको विकास, प्रवर्द्धत, अवसर तथा चुनौतीहरूको विषयमा केन्द्रीकृत गरी टक सो कार्यक्रम, स्वदेशी उत्पादित हस्तकला, चित्रकला, मुर्तिकला तथा कृषि, वनस्पती लगायतका कृषि उपजहरूलाई प्राथमिकता साथ प्रदर्शनीको व्यवस्था गरिने संयोजक पौडेलले जानकारी दिए। 

    यसैगरी, बालबालिकाहरूका लागि चित्रकला र पोखराका विभिन्न साहसिक खेलकुदहरूको डकुमेन्ट«ी प्रर्दशनीका साथै पर्यटकीय गन्तब्यको प्रवर्द्धन गरिनेछ । 

    महोत्सव क्षेत्रमा सञ्चालन गर्दै आएका व्यवसायीहरूले सडक महोत्सवको अवधारणा अनुरुप सोही व्यवसाय निर्धारित पसल अगाडि ल्याई सजावटका साथ व्यवसाय प्रवर्द्धन गरिने उनले बताए । 

    आयोजकका अनुसार “२५ औँ पोखरा सडक महोत्सव २०२३/२०२४’ ५ दिनसम्म फिस्टेल गेटदेखि गैराको चौतारा हुँदै जरेवर लेकसाइडसम्म हुनेछ ।” पर्यटक लोभ्याउने यो मौसममा हामी पनि पर्यटनमैत्री वातावरणमा सभ्य र भव्य रूपमा महोत्सव सम्पन्न गर्न तयारीमा जुटेको संयोजक पौडेलले बताए ।

    नेपालको आर्थिक विकासको प्रमुख आधार रहेको पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, समग्र आर्थिक विकास र समुन्नतिमा टेवा पुर्याउन सहयोग पुग्ने उद्देश्यले आयोजना हुन गईरहेको यो महोत्सव पोखराको मात्र नभई समग्र राष्ट्रको पर्यटन प्रवर्द्धनको उद्देश्यले महोत्सवको आयोजना गर्न लागेको उनको भनाइ छ । 

    महोत्सवको मुख्य प्रायोजकमा गोर्खा ब्रुअरी प्रा.लि.को टुबोर्ग वियर र द नेपाल डिष्ट्रीलरी प्रा.लि.को नुड भुड्का, सह प्रायोजकमा सिग्नेचर हुस्की, खुकुरी रम र कोकाकोला रहेका छन् भने महोत्सव प्रवर्द्धकमा नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र पोखरा पर्यटन परिषद् रहेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार