काठमाडौँ / आइतबार सार्वजनिक बिदा भएपछि सोमबारदेखि खुलेको बजार सकारात्मक भएन । यस साताको पहिलो कारोबार दिन नै नेप्से परिसूचक ३३.३३ अङ्क अर्थात १.२३ प्रतिशतले घटेर २६७०.०६ बिन्दुमा पुगेको हो ।
आज सेयर बजारमा ५ अर्ब ६५ करोड ८९ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार २३ कम्पनीको मात्रै मूल्य बढेको छ भने २२१ कम्पनीको घटेको छ । पुँजी बजारमा ३२२ धितोपत्रको एक करोड १४ हजार ८६६ कित्ता सेयर ५५ हजार ७१२ पटकमा कारोबार भयो ।
यस दिन सर्वाधिक बढी व्यापारिक समूह ३.११ प्रतिशत, वित्त समूह २.२६ प्रतिशत, विकास बैंक १.११ प्रतिशत, होटल तथा पर्यटन समूह १.३५ प्रतिशत, हाइड्रोपावर १.३७ प्रतिशत, लगानी १.६९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह १.४२ प्रतिशतले घटेको छ ।
यसैगरी, लघुवित्त समूह १.४२ प्रतिशत, निर्जीबन बिमा १.२२ प्रतिशत, अन्य ०.४४ प्रतिशत, बैंकिङ ०.९७ प्रतिशत, जीवन बिमा ०.८३ प्रतिशत र म्युचुअल फण्डको सूचकमा १.०३ प्रतिशतको गिरावट आएको छ ।
सोमबार सर्वाधिक बढी बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर मूल्य ७.४६ प्रतिशतले बढेको छ भने बुटवल पावरको ६.६३ प्रतिशत, सिन्धु विकास बैंकको ६.४४ प्रतिशत र उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.११ प्रतिशतले बृद्धि भएको छ ।
यता, सर्वाधिक बढी उपकार हेवाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.०९ प्रतिशतले घटेको छ । यसैगरी, हिमालयन पावर पार्टनरको सेयर मूल्य ४.३२ प्रतिशत र समृद्धि फाइनान्स कम्पनीको सेयर मूल्य ४.०१ प्रतिशतले घटेको छ ।
आजको कारोबार रकममा हिमालयन रिइन्स्योरेन्सको हिस्सा सबैभन्दा बढी ५० करोड ३६ लाख ८ हजार रुपैयाँ रहेको छ । त्यस्तै, एनआरएन एन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ४३ करोड २१ लाख ७७ हजार रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको ३३ करोड १७ लाख ६८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।