images
images

‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड २०२३’  एन आई सी एशिया बैंकलाई

‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड २०२३’  एन आई सी एशिया बैंकलाई

शनिवार, पुस ७ २०८०
शनिवार, पुस ७ २०८०
  • images
    images
    ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड २०२३’  एन आई सी एशिया बैंकलाई

    काठमाडौं/  एन आई सी एशिया बैंकले मुलुकको बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल बैंकिङ्ग तथा कार्ड भुक्तानी सेवा प्रदान गरेकोमा प्रतिष्ठित ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड्स २०२३’ (Payments Excellence Awards 2023) पाएको छ । बैंकले ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवद्र्धन गरिरहेको छ ।

    images
    images


    अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक ख्क्ष्क्ब् ले हरेक वर्ष आयोजना गर्ने ‘भिजा लिडरसिप कन्क्लेभ नेपाल २०२३’ (VISA Leadership Conclave Nepal 2023) अन्तर्गत ‘एक्सिलेन्स इन साइबरसोर्स प्रोसेसिङ’ -Excellence in Cybersource Processing)  र ‘एक्सिलेन्स इन भास प्रोडक्टस्’ (Excellence in VAS Products) बाट सम्मानित भएको हो ।    

    बैंकले अन्तर्राष्ट्रिय स्तरको अनलाइन भुक्तानी सेवाCybersource प्लेटफर्म तथा विभिन्न कार्डहरुबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । 

    सेवाबाट बैंकले ई–कमर्श कम्पनीहरु, एयरलाइन्स, मोबाइल वालेट, ट्राभल्स् एण्ड टुर, हेन्डीक्राफ्ट तथा अन्य व्यवसायीक क्षेत्रका हजारभन्दा धेरै संघसंस्थालाई Cybersource सेवा उपलब्ध गराएको र मुलुकको बैंक तथा वित्तीय क्षेत्रलाई डिजिटल सेवामा रुपान्तरण गर्ने गरी अन्य भ्यालु एडेड सेवाहरु उपलब्ध गराउन सफल भएको भन्दै बैंकलाई उक्त अवार्डहरु प्रदान गरिएको हो । 

    डिजिटल बैंकिङ्गलाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यका साथ विभिन्न डिजिटल तथा कार्ड सेवाहरु उपलब्ध गराउँदै आएको बैंकले प्राप्त गरेको यस सम्मानले यी सेवाहरुलाई अझ बढी परिस्कृत गर्दै बढीभन्दा बढी ग्राहकहरुमा तथा मर्चेन्टहरुमा पु¥याउन टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।  

    एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । 

    बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६६६ एटिएम, १११ वटा विस्तारित काउन्टर एवं ५५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार