images
images

स्वास्थ्य क्षेत्रबाट आइपिओ निष्काशन गर्ने पहिलो कम्पनी बन्दै ह्याम्स अस्पताल, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक

स्वास्थ्य क्षेत्रबाट आइपिओ निष्काशन गर्ने पहिलो कम्पनी बन्दै ह्याम्स अस्पताल, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक

आइतवार, पुस ८ २०८०
आइतवार, पुस ८ २०८०
  • images
    images
    स्वास्थ्य क्षेत्रबाट आइपिओ निष्काशन गर्ने पहिलो कम्पनी बन्दै ह्याम्स अस्पताल, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक

    काठमाडौँ / हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल)ले प्राथमिक सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । मुक्तिनाथ क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा कम्पनीले ११ लाख २५ हजार कित्ता सेयर सर्वसाधारणका लागि आइपिओ निष्काशन गर्ने भएको हो । 

    images
    images

    यससँगै, ह्याम्स अस्पताल नेपालको पुँजी बजारमा प्रवेश गर्ने स्वास्थ्य क्षेत्रको पहिलो कम्पनी बन्ने भएको छ । आइपिओ निष्काशन गर्न कम्पनीले पुस ६ गते नेपाल धितोपत्र बोर्डको स्वीकृतीको लागि निवेदन दिइएको जनाएको छ । 

    अस्पतालले आफ्नो जारी पूँजीको १५ प्रतिशतले हुन आउने कूल अर्थात ११ करोड २५ लाख रकम बराबरको १ सय रुपैयाँ अङ्कित दरमा प्रिमियम वापत १८८ रुपैयाँ थप गरी जम्मा प्रतिसेयर मूल्य २८८ रुपैयाँमा ११ लाख २५ हजार कित्ता साधारण सेयर सर्वसाधारणहरूलाई बिक्री गर्न लागेको हो । 

    वि.सं.२०५४ साल मंसिर २ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालित यस अस्पतालले बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालय, हेटौँडाबाट इजाजतपत्र लिई १०० (एक सय) शैयाको जनरल स्वास्थ्य संस्था/अस्पताल सञ्चालन गर्दै आइरहेको छ ।

    अस्पतालले उच्च गुणस्तरीय र किफायती स्वास्थ्य शिक्षा प्रदान गर्ने उद्देश्यले संगठित संस्थाको शतप्रतिशत लगानीमा सहायक कम्पनी ह्याम्स नर्सिङ्ग कलेज २०६५ साल पुस ९ गते देखि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट स्वीकृती पत्र प्राप्त गरि ३ वर्षे प्रविणता प्रमाण पत्र नर्सिङ्ग कार्यक्रम संचालन गर्दै आईरहेको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार